चोरी मुद्दामा फरार दुई जना पक्राउ

By खबरहब

February 04, 2019

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित एक कार्यालयबाट करिव १६ लाख रकम बराबरको धनमाल चोरी फरार रहेका दुई जनलाई प्रहरीले पक्राउ गरेको छ ।

पाँच वर्ष देखि फरार रहेका दुइजना प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवीले) काठमाडौंको दरबारमार्ग र न्यूरोडबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंका रजन कारंजित र दामोदर श्रेष्ठ छन् । उनिहरुमाथि २०७० सालमा काठमाडौंको कमलादीस्थित एक कार्यालयको झ्याल फोडी मोवाइल, डीभीआर लगायत सामान र नगद गरी करिव १६ लाख बराबरको चोरी गरेको आरोप थियो ।

दुई जनाविरुद्ध नै उच्च अदालत पाटनले विगो बमोजिम दुई तिहाई जरिवाना र डेढ महिना कैद फैसला गरेको थियो ।