फुटबलका बादशाह पेले अस्पताल भर्ना « Khabarhub

फुटबलका बादशाह पेले अस्पताल भर्ना


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व फुटबलका बादशाह मानिने ब्राजिलियन फुटबलर पेले अस्पताल भर्ना भएका छन् । पिसाब नलिमा समस्या देखिएपछि पेले बुधबार फ्रान्सको पेरिसस्थित अस्पतालमा भर्ना भएको उनका प्रवक्तालाई उद्धत गर्दै सिएनएनले जनाएको छ ।

‘द ब्लाक पर्ल’ को नामबाट ख्याति कमाएका ७८ वर्षीय पेलेको ‘युरिनरी ट्रयाक इन्फेक्सन’ भएको समाचारमा उल्लेख छ ।

पछिल्ला वर्षहरुमा स्वास्थ्यमा समस्या देखिएपछि पेले पटक—पटक अस्पताल भर्ना हुँदै आएका छन् । रसिया विश्वकप ताका पनि पेलेको स्वास्थ्यमा समस्या देखिएपछि उनको रसिया भ्रमण स्थगन भएको थियो ।

यस्तै, बुधबार अस्पताल भर्ना भएका पेलेलाई अस्पतालले २ दिनमा डिस्चार्ज गर्ने बताएको छ । फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्टार केलियन एमबाप्पेको कार्यक्रममा सहभागी हुन पेले फ्रान्स पुगेका थिए ।

तीन पटक विश्व कप फुटबल ब्राजिलले जित्दा नायक बनेका पेले विश्व फुटबलका महान खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट खेल्दै सन् १९६८, १९६२ र १९७० को विश्व्कप जिताएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ४ : ५४ बजे

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको