सलमान र अक्षय कुमारको बक्स अफिस भिडन्तलाई जोगाउन खोज्दै रोहित सेट्टी | Khabarhub Khabarhub

सलमान र अक्षय कुमारको बक्स अफिस भिडन्तलाई जोगाउन खोज्दै रोहित सेट्टी


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका दुई स्टार सलमान खान र अक्षयकुमारको फिल्म जुध्ने भएको छ । यो खबर लामो समयदेखि बलिउडमा गसिप बनिसकेको छ । तर, निर्देशक रोहित सेट्टीले भने यी दुईका फिल्म नजुधे हुन्थ्यो भनेर कुरा मिलाउन खोजेको समाचार बाहिर आएको छ ।

सलमान खानले हालै सामाजिक सञ्जालमा सञ्जय लीला भन्सालीका साथ आफ्नो अघिल्लो फिल्मका बारेमा जानकारी दिएका छन् । उक्त फिल्ममा सलमान आलिया भट्टसँग देखिँदैछन् ।

यो फिल्म अर्को वर्षको इदमा रिलिज हुनेवाला छ । अर्कातिर रोहित सेट्टीको फिल्म ‘सूर्यवंशी’ पनि यही बेला रिलिज हुँदैछ । यो फिल्मलाई लिएर पनि फ्यानहरु प्रतीक्षा गरिरहेका छन् ।

पछिल्लो रिपोर्टसका अनुसार रोहितले आफ्नो फिल्मको रिलिज डेटमा हेरफेर गर्नेबारे सोचेका छन् ताकि, सलमान खान र सञ्जय लीला भन्सालीसँग पनि राम्रो सम्बन्ध होस् ।

रोहित सेट्टीले हालै मात्र आफ्नो फिल्मको शूटिङ मे बाट हुने बताएका थिए । फिल्ममा मुख्य नायिका को हुनेछिन् भन्नेमा सबैतिर चासो छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ५ : १७ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज