सलमान र अक्षय कुमारको बक्स अफिस भिडन्तलाई जोगाउन खोज्दै रोहित सेट्टी « Khabarhub

सलमान र अक्षय कुमारको बक्स अफिस भिडन्तलाई जोगाउन खोज्दै रोहित सेट्टी


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका दुई स्टार सलमान खान र अक्षयकुमारको फिल्म जुध्ने भएको छ । यो खबर लामो समयदेखि बलिउडमा गसिप बनिसकेको छ । तर, निर्देशक रोहित सेट्टीले भने यी दुईका फिल्म नजुधे हुन्थ्यो भनेर कुरा मिलाउन खोजेको समाचार बाहिर आएको छ ।

सलमान खानले हालै सामाजिक सञ्जालमा सञ्जय लीला भन्सालीका साथ आफ्नो अघिल्लो फिल्मका बारेमा जानकारी दिएका छन् । उक्त फिल्ममा सलमान आलिया भट्टसँग देखिँदैछन् ।

यो फिल्म अर्को वर्षको इदमा रिलिज हुनेवाला छ । अर्कातिर रोहित सेट्टीको फिल्म ‘सूर्यवंशी’ पनि यही बेला रिलिज हुँदैछ । यो फिल्मलाई लिएर पनि फ्यानहरु प्रतीक्षा गरिरहेका छन् ।

पछिल्लो रिपोर्टसका अनुसार रोहितले आफ्नो फिल्मको रिलिज डेटमा हेरफेर गर्नेबारे सोचेका छन् ताकि, सलमान खान र सञ्जय लीला भन्सालीसँग पनि राम्रो सम्बन्ध होस् ।

रोहित सेट्टीले हालै मात्र आफ्नो फिल्मको शूटिङ मे बाट हुने बताएका थिए । फिल्ममा मुख्य नायिका को हुनेछिन् भन्नेमा सबैतिर चासो छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ५ : १७ बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार