हुरीपीडितको उद्धार र राहतमा कुनै कमी छैन– सञ्चारमन्त्री बास्कोटा « Khabarhub

हुरीपीडितको उद्धार र राहतमा कुनै कमी छैन– सञ्चारमन्त्री बास्कोटा


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बारा र पर्साका हावाहुरी पीडितको राहत तथा उद्धारमा कुनै कमी नरहेको दावी गरेका छन् ।

मन्त्री बास्कोटाले पीडितका लागि आवश्यक अस्थायी रुपमा खाने, बस्ने र औषधि उपचार गर्नेलगायतको व्यवस्था गरिएको बताए ।

बिहीबार मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री वास्कोटाले हावाहुरी पीडितको उद्धार तथा राहतमा कमी हुन नदिन संघीय सरकारले प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न सामाजिक संघ, संस्थाहरुलाई परिचालन गरिरहेको पनि बताए ।

मन्त्री बास्कोटाले आँधि–हुरी पीडितको धनमालको क्षतिको यकीन विवरण आएपछि पुनर्स्थापना र पुनर्वासको आवश्यक व्यवस्था सरकारले मिलाउने बताए ।

प्रधानमन्त्री केपी ओली आफैंले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पीडितको पुनर्वासको व्यवस्था गराउने प्रतिवद्धता जनाएको र त्यसका लागि आवश्यक तयारीको कामलाई अघि बढाइएको मन्त्री वास्कोटाको भनाइ छ ।

गत चैत्र १७ गते आइताबार साँझ आएको हावाहुरीमा परी बारा र पर्साका गरी २८ जनाको ज्यान गएको थियो भने करिब ७ सय घाइते भएका थिए । घाइतेहरुको सरकारले निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ५ : ४० बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको