रोल्पाका बिरामीको व्यथा : १५ मिनेटको एक्सरेका लागि २ दिन कुर्नुपर्ने बाध्यता ! « Khabarhub

रोल्पाका बिरामीको व्यथा : १५ मिनेटको एक्सरेका लागि २ दिन कुर्नुपर्ने बाध्यता !


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पा ह्वामाका ६५ वर्षीया अमर बुढा एकदिन हिडेर जिल्ला अस्पताल रोल्पा पुगे । दायाँ खुट्टा दुखेर जिल्ला अस्पताल पुगेका बुढालाई चिकित्सकले एक्सरे गर्नुपर्ने बताएका छन् ।

तर विद्युत आपूर्ति बन्द भइरहने जिल्ला अस्पतालमा वैकल्पिक व्यवस्था नहुँदा एक्सरे सेवा ठप्प छ । एक्सरे सेवा प्रभावकारी रुपमा संचालन नहुँदा बुढा दुई दिनदेखी पालो कुरेर बसिरहेका छन् ।

‘एकदिन लगाएर बल्लतल्ल अस्पताल आइपुगेँ, समयमा एक्सरे गर्न पाइएन दुई दिन भयो कुरेको पालो आएको छैन ।’ बुढाले खबरहबसँग गुनासो पोखे ।

अस्पतालमा एक्सरे सेवा लिन आएका गिरिराज थापाको समस्या पनि उस्तै छ । रुखबाट लडेकी आमालाई जिल्ला अस्पताल ल्याएका थापा एक्सरे गर्न एकदिन अघिदेखि पालो कुर्दै बसेका छन् ।

थापाले भने, ‘आमा रुख बाट लडेको दुई दिन भयो, आमाको ढाडमा समस्या भएकोले एक्सरे गर्नको लागि अस्पताल ल्याएको एक दिन बित्यो तर एक्सरे गर्न सकिएन ।’

जिल्ला अस्पताल रोल्पामा विद्युत आपूर्ति बन्द भएको समयमा वैकल्पिक व्यवस्था नहुँदा एक्सरे सेवा प्रभावित हुँदै आएको छ ।

एक्सरे सेवा लिन दैनिक ३० जना बिरामी आउने जिल्ला अस्पतालमा जेनेरेटरको व्यवस्था नहुँदा १५ मिनेटमै हुने एक्सरे सेवाका लागि सेवाग्राहीहरु २ दिनसम्म बस्नुपर्ने बाध्यता रहेको छ ।

२०६२ सालमा स्थापना भएको रोल्पा अस्पतालमा स्थापना कालमा सामान्य औषधि दिने र चेक जाँच मात्र गरिन्थ्यो । अन्य सेवाका लागि प्यूठान, दाङ र बुटवल जानु पर्ने बाध्यता थियो ।

दुर्गममा स्वास्थ्य सेवा विस्तार गर्ने भन्दै १ सय एम.ए क्षमता भएको एक्सरे मेसिनको व्यवस्था गरियो । एक्सरे मेसिन भएपनि विद्युत आपूर्ति नहुँदा अस्पतालले प्रभाकारी सेवा दिन सकेको छैन ।

विद्युतको भरमा सञ्चालन हुँदै आएको एक्सरे सेवालाइ नियमित सञ्चालन गर्नको लागि ५० केभी क्षमता भएको जेनेरेटरको आवश्यक पर्ने अस्पतालका सीअहेव कुल बहादुर डाँगीले बताए ।

अस्पतालमा जेनेरेटर नहुँदा नियमित सेवा दिन नसकेको उनको भनाइ छ । अस्पतालमा सेवा प्रभावित भएकाले जेनेरेटरको व्यवस्था गरिदिन अस्पतालले पटक-पटक पहल गरेपछि सम्बन्धित निकायले चाँसो नदिएको डाँगीले गुनासो गरे ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ६ : ११ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर