रोल्पाका बिरामीको व्यथा : १५ मिनेटको एक्सरेका लागि २ दिन कुर्नुपर्ने बाध्यता ! « Khabarhub

रोल्पाका बिरामीको व्यथा : १५ मिनेटको एक्सरेका लागि २ दिन कुर्नुपर्ने बाध्यता !


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पा ह्वामाका ६५ वर्षीया अमर बुढा एकदिन हिडेर जिल्ला अस्पताल रोल्पा पुगे । दायाँ खुट्टा दुखेर जिल्ला अस्पताल पुगेका बुढालाई चिकित्सकले एक्सरे गर्नुपर्ने बताएका छन् ।

तर विद्युत आपूर्ति बन्द भइरहने जिल्ला अस्पतालमा वैकल्पिक व्यवस्था नहुँदा एक्सरे सेवा ठप्प छ । एक्सरे सेवा प्रभावकारी रुपमा संचालन नहुँदा बुढा दुई दिनदेखी पालो कुरेर बसिरहेका छन् ।

‘एकदिन लगाएर बल्लतल्ल अस्पताल आइपुगेँ, समयमा एक्सरे गर्न पाइएन दुई दिन भयो कुरेको पालो आएको छैन ।’ बुढाले खबरहबसँग गुनासो पोखे ।

अस्पतालमा एक्सरे सेवा लिन आएका गिरिराज थापाको समस्या पनि उस्तै छ । रुखबाट लडेकी आमालाई जिल्ला अस्पताल ल्याएका थापा एक्सरे गर्न एकदिन अघिदेखि पालो कुर्दै बसेका छन् ।

थापाले भने, ‘आमा रुख बाट लडेको दुई दिन भयो, आमाको ढाडमा समस्या भएकोले एक्सरे गर्नको लागि अस्पताल ल्याएको एक दिन बित्यो तर एक्सरे गर्न सकिएन ।’

जिल्ला अस्पताल रोल्पामा विद्युत आपूर्ति बन्द भएको समयमा वैकल्पिक व्यवस्था नहुँदा एक्सरे सेवा प्रभावित हुँदै आएको छ ।

एक्सरे सेवा लिन दैनिक ३० जना बिरामी आउने जिल्ला अस्पतालमा जेनेरेटरको व्यवस्था नहुँदा १५ मिनेटमै हुने एक्सरे सेवाका लागि सेवाग्राहीहरु २ दिनसम्म बस्नुपर्ने बाध्यता रहेको छ ।

२०६२ सालमा स्थापना भएको रोल्पा अस्पतालमा स्थापना कालमा सामान्य औषधि दिने र चेक जाँच मात्र गरिन्थ्यो । अन्य सेवाका लागि प्यूठान, दाङ र बुटवल जानु पर्ने बाध्यता थियो ।

दुर्गममा स्वास्थ्य सेवा विस्तार गर्ने भन्दै १ सय एम.ए क्षमता भएको एक्सरे मेसिनको व्यवस्था गरियो । एक्सरे मेसिन भएपनि विद्युत आपूर्ति नहुँदा अस्पतालले प्रभाकारी सेवा दिन सकेको छैन ।

विद्युतको भरमा सञ्चालन हुँदै आएको एक्सरे सेवालाइ नियमित सञ्चालन गर्नको लागि ५० केभी क्षमता भएको जेनेरेटरको आवश्यक पर्ने अस्पतालका सीअहेव कुल बहादुर डाँगीले बताए ।

अस्पतालमा जेनेरेटर नहुँदा नियमित सेवा दिन नसकेको उनको भनाइ छ । अस्पतालमा सेवा प्रभावित भएकाले जेनेरेटरको व्यवस्था गरिदिन अस्पतालले पटक-पटक पहल गरेपछि सम्बन्धित निकायले चाँसो नदिएको डाँगीले गुनासो गरे ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ६ : ११ बजे

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ दिवस : मुख्यसचिवसहित छ जना सम्मानित

काठमाडौं– काठमाडौंस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित