गायिका बनिन् मलिका उर्फ तपस्या « Khabarhub

गायिका बनिन् मलिका उर्फ तपस्या


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘यात्रा’ को गीत सार्वजनिक गरिएको छ । चैत्र २९ गतेबाट रिलिज हुने फिल्म ‘यात्रा’ को उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

मेलिना राईले स्वर दिएको उक्त गीतमा दिवेश उप्रेती र प्रतीक पौडेलका शब्द छन् भने कोविज बज्र र प्रतीक पौडेलको संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोमा नायिका मलिका महतलाई देख्न सकिन्छ । भिडियोमा मलिकालाई गायिकाका रुपमा प्रस्तुत गरिएको छ । उनले एक कार्यक्रममा लाइभ गाइरहेको देख्न सकिन्छ ।

सलिनमान बनियाको समेत मुख्य भूमिका रहेको यो फिल्म सलिन र मलिकाको कथासँगै अगाडि बढ्छ । फिल्ममा सलोन बस्नेत, रियर राई, प्रेक्षा बज्राचार्य, जाह्नवी बस्नेत, विशाल कटुवाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

समृद्धि राई र जयनन्द लामाको गेस्ट रोल रहेको फिल्ममा अंकित सङ्गौला, एञ्जेल राई र उपकार पाण्डेलाई बालकलाकारका रुपमा देख्न सकिनेछ ।

फिल्ममा लेखन तथा निर्देशन सम्राट शाक्यको रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ५ : ४९ बजे

आहा रारा पोखरा गोल्डकपः अग्रता जोगाउन नसक्दा मनाङसँग एपिएफ पराजित

कास्की – पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब

देवचुली चोकमा जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या

दैलेख – दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक

आजका समाचार : राष्ट्रियसभा अधिवेशन अन्त्य, प्रसाईँले बालेन-सोबिताबारे नयाँ खुलासा गर्ने, दोस्रो खेलमा पनि नेपालको हार र बङ्गलादेशमा मतदान

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्नेपाली