‘रुसले भेनेजुएलामा अझै ठूलो सङ्ख्यामा सेना पठाउन सक्ने’ « Khabarhub

‘रुसले भेनेजुएलामा अझै ठूलो सङ्ख्यामा सेना पठाउन सक्ने’


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुस– भेनेजुएलाका उपविदेशमन्त्रीले रुसले आफ्नो मुलुकमा अझ ठूलो सङ्ख्यामा थप सैनिक पठाउन सक्ने जनाएका छन् । भेनेजुएलाका उपविदेशमन्त्री इभान गिलले भेनेजुएलालाई आवश्यक परेमा रुसले थप सङ्ख्यामा सैनिक पठाउन सक्ने बताएको रुसको इन्टरफ्याक्स समाचार संस्थाले जनाएको छ ।

इन्टरफ्याक्सका अनुसार उनले भेनेजुएला आएका रुसी सैनिक भेनेजुएलालाई आवश्यक परेको समयसम्म भेनेजुएलामै रहनसक्ने समेत जनाएका छन् । उनले रुस र भेनेजुएलाबीच रुसी सेना फिर्ता गर्नेबारे कुनै निश्चित समय नतोकिएकाले रुसी सेना आवश्यक परेको समयसम्म भेनेजुएलामै रहनसक्ने जनाएका हुन् ।

रुस र भेनेजुएलाबीचको सहमति र सैनिक–प्राविधिक सम्झौता अनुसार रुसी सेना भेनेजुएलामा रहेको समेत उनले स्पष्ट पारेका छन् ।
पछिल्लो समय राजनीतिक संकट चुलिँदै गएको अवस्थामा रुसले दुई साता अघि भेनेजुएलामा १ सयको सङ्ख्यामा सेना पठाएको थियो ।
अमेरिकाले भने रुसलाई भेनेजुएलाबाट सेना फिर्ता गर्न चेतावनी दिएको थियो ।

गत जनवरी २३ मा भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोले आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेपछि त्यहाँ राजनीतिक तथा संवैधानिक संकट उत्कर्षमा छ । गुआइदोलाई अमेरिकासहितका पश्चिमा मुलुकले राष्ट्रपतिको मान्यता दिएका छन् भने रुस र चीनसहित अन्य मुलुकले हाल सत्तामा रहेका निकोलस मादुरोलाई नै मुलुकको औपचारिका राष्ट्रपति मान्दै आएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ७ : १९ बजे

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन