अवैध सम्पत्ति लुकाउनेलाई कारबाही गर्न राप्रपाको माग « Khabarhub

अवैध सम्पत्ति लुकाउनेलाई कारबाही गर्न राप्रपाको माग


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशका विभिन्न बैंकमा गैरकानूनी रुपले अवैध सम्पत्ति लुकाउनेको अवैध सम्पत्ति जफत गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबारदेखि बसेको केन्द्रीय कार्य समितिको बैठकले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रकरण, ३३ केजी सुनकाण्ड, एनसेल कर छली प्रकरण, बूढीगण्डकी परियोजना काण्डलगायत आर्थिक अपचलनका तथ्य सार्वजनिक भइरहेकाले ती प्रकरणको यथार्थ अनुसन्धान गर्न आग्रह गरेको छ ।

बैठकले लगानीको वातावरण सिर्जना गरी स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न ठोस कार्ययोजना ल्याउन, सामान्य रोजगारीका लागि विदेशिन बाध्य लाखौँ नेपाली युवालाई स्वदेश फर्काउन र जीविकोपार्जनको प्रत्याभूत गर्न माग गरेको छ ।

आज सम्पन्न बैठकले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने क्रममा हिन्दूराष्ट्र र राजसंस्थाप्रति प्रतिबद्ध समान विचारधारा भएका दललाई राप्रपासँग एकताका लागि आह्वान गरेको छ । बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत समसामयिक परिस्थिति र भावी कार्य्दिशासम्बन्धी राजनीतिक कार्यपत्र सर्वसम्मतले पारित गरेको छ । यसैगरी महामन्त्रीको सचिवालयसम्बन्धि, कोषाध्यक्षको आर्थिक र राष्ट्रिय स्वाभिमान यात्रा मूल समितिद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।

धर्म परिवर्तनको गतिलाई निस्तेज र नियन्त्रण गर्न, सदियौँदेखिको नेपाली समाजमा कायम रहँदै आएको सांस्कृतिक एकता र सद्भाव खल्बलिन नदिन तथा देशलाई धार्मिक द्वन्द्वको दलदलमा फस्नबाट जोगाउन उपयुक्त कदम चाल्न सो बैठकले सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ७ : ४० बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको