‘साउथ चाइना सी’मा चिनियाँ कदम सार्वभौमिकता विरोधी: फिलिपिन्स « Khabarhub

‘साउथ चाइना सी’मा चिनियाँ कदम सार्वभौमिकता विरोधी: फिलिपिन्स


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिलिपिन्स– दक्षिण चीन सागरमा हाल आफ्नो प्रशासनमा रहेको टापुनजिक अनुमतिबेगर चिनियाँ डुङ्गाहरु आउनु आफ्नो सार्वभौमिकताको विरुद्धमा रहेको फिलिपिन्सले जनाएको छ ।

बिहीबार फिलिपिन्सको विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै दक्षिण चीन सागरमा अवस्थित फिलिपिन्समा पगासा भनिने थिटु टापुनजिक २ सयभन्दा धेरै चिनियाँ माछा मार्ने पानीजहाज आएको घटना अन्तर्राष्ट्रिय मान्यता अनुसार गैर कानूनी रहेको र आफ्नो सार्वभौमिकताको विरुद्धमा रहेको जनाएको हो ।

फिलिपिन्सको विदेशमन्त्रालयले विज्ञप्तिमा चिनियाँ डुङ्गाहरु त्यहाँ आउनुले चीनको नियतमा प्रश्न उठाएको र उनीहरु बलपूर्वक आफ्नो उद्देश्य पूरा गर्ने दाउमा रहेको स्पष्ट भएको उल्लेख गरेको छ ।

त्यस्तै, चीनसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने नीतिका साथ सन् २०१६ मा फिलिपिन्सको राष्ट्रपतिमा निर्वाचित रोड्रिगो डुटेर्टेले भने चीनले फिलिपिन्ससँग मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न चाहेको प्रतिक्रिया दिँदै आएका छन् ।

उनले मंगलबार भनेका थिए, ‘चीनले फिलिपिन्सलाई बन्दुक र गोलीगठ्ठा दिँदै आएको छ र हालसम्म उसले फिलिपिन्सको कुनै भूभाग माग गरेको छैन ।’

फिलिपिनी सेनाको तथ्याङ्क अनुसार यो वर्षको शुरुदेखि मार्च महिनासम्म पगासा टापुमा २ सयभन्दा धेरै माछा मार्ने डुङ्गाहरु आएका थिए ।
अमेरिकी सेनाको पश्चिम प्रशान्त निर्देशनालयले ती डुङ्गाहरुलाई संदिग्ध सामुद्रिक लडाकुको संज्ञा दिएको थियो ।

दक्षिण चीन सागरको जलक्षेत्रमा चीन र फिलिपिन्ससहित ब्रुनाई, भियतनाम, इण्डोनेशिया, मलेशिया र अन्य मुलुकहरुले आ–आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ११ : ०० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु