खबरहबडटकममा क्यान्सर विशेषज्ञ डाक्टरहरुको बहस « Khabarhub

खबरहबडटकममा क्यान्सर विशेषज्ञ डाक्टरहरुको बहस


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व क्यान्सर दिवसको अवसरमा सोमबार मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँयो । दिवसकै अवसरमा खबरहबडट्कमले आयोजना गरेको ‘क्यान्सर विशेषज्ञसँग वहस’ कार्यक्रममा नेपालमा विभिन्न अस्पतालमा कार्यरत क्यान्सरका विशेषज्ञ चिकित्सकहरुको उपस्थिति रहेको थियो ।

वहसमा नेपालमा क्यान्सर रोगको वर्तमान अवस्था, क्यान्सरका कारण, क्यान्सरका उपचार विधि तथा क्यान्सरका बिरामीहरुको समस्या लगायतका विषयमा छलफल गरिएको थियो । खबरहबडट्कमका सम्पादक जीवराम भण्डारीले चिकित्सकहरुसँग क्यान्सरका विषयमा पछिल्लो समय नेपालमा देखिएका विषयमा संवाद गरेका थिए ।

कार्यक्रममा क्यान्सर केयर नेपालका अध्यक्ष एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन कुमार पिया, सार्क फेडेरेसन अफ अंकोलोजिस्टका अध्यक्ष राजेन्द्र प्रसाद बराल, कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरी, सिभिल अस्पतालका रक्तरोग विशेषज्ञ डा.विशेष पौड्याल, बीपी कोइराला, मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजय चन्द्र आचार्य, त्रिवि शिक्षण अस्पतालका क्यान्सर शल्य चिकित्सक डा. योगेन्द्र प्रताप सिंह, भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अंकोलोजिस्ट डा. रोशन प्रजापति, पूर्वाञ्चलन क्यानसर अस्पतालका मेडिकल डाइरेक्टर विरेन्द्र यादव, नेपालमा मेडिसिटी हस्पिटल शल्यचिकित्सक डा. सुनिल कुमार शर्मा, वीर अस्पतालका क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्य लगायतले क्यान्सरको विषयमा देखिएका समस्याको जानकारी दिएका थिए ।

कार्यक्रम सगरमाथा टेलिभिजन र खबरहबडटकमको फेसबुक लाइक पेजमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : १४ बजे

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल