पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय « Khabarhub

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र इतिहासको संरक्षण तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाउने भएको छ।

कृष्णपुर नगरपालिका–६ सिंगपुरमा आज बिहान सम्पन्न समाजको तेस्रो जिल्ला सम्मेलनले समुदायको पहिचान सुदृढ गर्दै वंशावली अभिलेखीकरण, बसाइँसराइको इतिहास खोजी तथा सांस्कृतिक दस्तावेजीकरणमा जोड दिइएको हो । 

कार्यक्रममा राजवंशी ठाकुर समुदायको उत्पत्ति, परम्परा, संस्कार, पोसाक, पूजा–पद्धति तथा जीवनशैलीबारे अध्ययन र अनुसन्धान गर्ने विषयलाई विशेष महत्व साथ अगाडि बढाइने समाजका सचिव वीरबहादुर राजवंशीले बताए।

‘भावी पुस्तामा भाषा, लोककथा, लोकगीत तथा सांस्कृतिक मूल्य मान्यतालाई हस्तान्तरण गर्ने योजनासमेत अघि सारेका छौँ’, उनले भने, ‘समुदायको उद्गमस्थल, घरानागत विवरण तथा बसाइँसराइका कारणहरू पहिचान गरी व्यवस्थित अभिलेखीकरण गर्ने र ती सामग्रीलाई औपचारिक रूपमा दस्तावेज तथा प्रकाशन गरी सार्वजनिक गर्ने तयारी गरेका छौँ ।’

त्यस्तै, सङ्गठनलाई सुदृढ बनाउँदै केन्द्रदेखि टोलस्तरसम्म संरचना विस्तार गर्ने, सदस्यता तथा आर्थिक स्रोत व्यवस्थापनलाई व्यवस्थित गर्नेलगायतका विषयमा पनि अधिवेशनमा छलफल गरिएको छ । कार्यक्रममा सहभागीहरूले राजवंशी ठाकुर समुदायको मौलिक पहिचान जोगाउन अनुसन्धान, अभिलेखीकरण र सांस्कृतिक संरक्षण अपरिहार्य रहेकोमा जोड दिए । 

‘भाषा, संस्कृति र इतिहासको प्रवर्द्धन, राजवंशी ठाकुर समाजको तेस्रो जिल्ला सम्मेलन’ भन्ने मूल नारासहित आयोजित अधिवेशनमा समुदायको पहिचान सुदृढ गर्दै वंशावली अभिलेखीकरण, बसाइँसराइको इतिहास खोजी तथा सांस्कृतिक दस्तावेजीकरण गर्ने निर्णय गरिएको समाजका अध्यक्ष जोगराम चौधरीले बताए ।

उनका अनुसार, अधिवेशनले संगठनलाई केन्द्रदेखि टोलस्तरसम्म विस्तार गर्ने, सदस्यता तथा नवीकरणमार्फत कोष सुदृढ गर्ने निर्णय गरेको छ । अधिवेशनमा समाजका बुद्धिजीवी, अनुसन्धानकर्ता, जनप्रतिनिधि तथा समाजका अगुवाहरूको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  २ : १९ बजे

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम

तेह्रथुम– अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा तथा सामाजिक पुनः स्थापनामा

आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता

टोकियो– जापानले सन् १९४५ को आणविक बम आक्रमणको वार्षिकोत्सव मनाइरहेका