भलिबल संघले २२ बुँदे क्यालेन्डर सार्वजनिक गर्‍यो | Khabarhub Khabarhub

भलिबल संघले २२ बुँदे क्यालेन्डर सार्वजनिक गर्‍यो


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -नेपाल भलिबल संघ (एनभिए) ले २०७६ सालका लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । संघले २२ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो ।

एनभिएले यो वर्ष नेपालमा हुने राष्ट्रय प्रतियोगितादेखि अन्तराष्ट्रिय सहभागीतालाई आफ्नो कार्यक्रम योजनामा सामेल गरेको छ । २२ बुँदे क्यालेन्डर पुरा गर्न संघले ७ करोड ५० लाख बराबरको बजेट आवश्यक रहेको समेत जनाएको छ ।

तर, अहिलेकै अवस्थामा कार्यक्रम आयोजनाका लागि भने बजेट अभाव हुने संघले बताएको छ ।

संघले ७ करोडको रुपैयाँका महत्वकाक्षी कार्यक्रम घोषणा गरिरहँदा भने कतिपयले पुरा हुनेमा आशंका गरेका छन् । तर, पनि संघका महासचिव जितेन्द्रबहादुर चन्दले संघको क्यालेन्डरसहित अन्य कनर्यक्रम गर्न सरकारसँग ११ करोडको बजेट माग गरेको बताएका छन् । तर, उक्त बजेट सरकारले दिएपनि नदिए पनि क्यालेन्डर प्रायोजक खोजेर भएपनि कार्यन्वयन गर्ने दावी गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भने भलिबललाई वार्षिक १३ लाख भन्दा धेरै दिन सकेको छैन् । तर, यो वर्ष सरकारी निकाय कार्यक्रम प्रति सकारात्मक रहेकाले यो वर्ष बजेट बढ्नेमा संघ विश्वस्त देखिन्छ ।

संघको बार्षिक कार्यक्रम यस्ता छन् :
१. FIBV लेभल कोच कोर्स
२. राष्ट्रिय टिम प्रशिक्षण ( पुरुष)
३. भलिबल डे
४. छैटौं महिला र साथौँ पुरुष राष्ट्रिय बिच भालिबह प्रतियोगिता
५. ओलम्पिक डे भलिबल
६. राष्ट्रिय बिच भलिबल रेफ्री कोर्स
७. राष्ट्रिय रेफ्री / क्षेत्रिय रेफ़्रिङ कोर्स
८. एभीसी एसिएन सिनिएर सेन्ट्रल जोन पुरुष भलिबल
९. राष्ट्रिय टिम प्रशिक्षण ( महिला )
१०. पाँचौ एन भी ए / एन एस टी महिला राष्ट्रिय क्लब च्याम्पियनसिप
११. यु १७ राष्ट्रिय महिला / पुरुष भलिबल प्रतियोगिता
१२. एसियन सेन्ट्रल जोन महिला /पुरुष बिच भलिबल
१३. १३ औं राष्ट्रिय महिला एशियाली महिला / पुरुष भलिबल
१४. २४ औं राष्ट्रिय महिला भलिबल
१५. तेश्रो एन भी ए अवार्ड सेरेमोनी
१६. ३३ औं राष्ट्रिय पुरुष भलिबल
१७. अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल पुरुष / महिला
१८. पाँचौं RBB – NVA राष्ट्रिय पुरुष क्लब लिग
१९. पाँचौं RBB – NVA राष्ट्रिय महिला क्लब लिग
२०. प्रथम एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल
२१. पाँचौं एनभीए एनएसटी पुरुष राष्ट्रिय क्लब च्याम्पियनसिप
२२. एसियन रेफ्री क्यान्डिडेट कार्ष

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ६ : ४८ बजे

अन्तरिम सरकारमा पहिलो जेन-जी, २८ वर्षमै मन्त्री बने बब्लु गुप्ता

काठमाडौं- अभियन्ता बब्लु गुप्ता सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कान्छ

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

काठमाडौं– प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको

अन्तरिम सरकारमा पहिलो जेन-जी, २८ वर्षमै मन्त्री बने बब्लु गुप्ता

काठमाडौं– अभियन्ता बब्लु गुप्ता सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कान्छ

खेलकुदमन्त्री गुप्ताको पहिलो निर्णय : मन्त्रालयको बैठक लाइभ गर्ने (तस्बिरहरू)

काठमाडौं– नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका

वीरगन्जका बजारमा छठ पर्वको तयारी, सर्वसाधारणको भिडभाड (तस्बिरहरू)

काठमाडौं– विशेष गरी मधेशका हिन्दुहरूको महान् पर्व छठ दोस्रो दिन