ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
‘याओगान–५० ०३’ नामक उक्त स्याटेलाइटलाई परिमार्जित ‘लङ मार्च–६’ रकेटमार्फत अन्तरिक्षमा पठाइएको हो । प्रक्षेपणपछि स्याटेलाइट निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
चिनियाँ अधिकारीहरूका अनुसार, उक्त प्रक्षेपण अभियान पूर्ण रूपमा सफल भएको छ । स्याटेलाइटलाई मुख्यतः भू–सर्वेक्षण, बाली उत्पादनको अनुमान तथा विपद् रोकथाम र राहतसम्बन्धी कार्यमा प्रयोग गरिनेछ ।
रिमोट सेन्सिङ स्याटेलाइटले अन्तरिक्षबाट पृथ्वीको सतहसम्बन्धी तथ्याङ्क सङ्कलन गर्न सक्छन् । यस्ता उपग्रहबाट प्राप्त जानकारी भूमि व्यवस्थापन, कृषि अनुगमन, प्राकृतिक विपद्को आकलन तथा राहत कार्यको योजना बनाउन उपयोगी हुन्छ । यो प्रक्षेपण चीनको ‘लङ मार्च’ रकेट शृङ्खलाको ६७२औँ उडान अभियान हो ।














प्रतिक्रिया