भलिबल संघले २२ बुँदे क्यालेन्डर सार्वजनिक गर्‍यो « Khabarhub

भलिबल संघले २२ बुँदे क्यालेन्डर सार्वजनिक गर्‍यो


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -नेपाल भलिबल संघ (एनभिए) ले २०७६ सालका लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । संघले २२ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो ।

एनभिएले यो वर्ष नेपालमा हुने राष्ट्रय प्रतियोगितादेखि अन्तराष्ट्रिय सहभागीतालाई आफ्नो कार्यक्रम योजनामा सामेल गरेको छ । २२ बुँदे क्यालेन्डर पुरा गर्न संघले ७ करोड ५० लाख बराबरको बजेट आवश्यक रहेको समेत जनाएको छ ।

तर, अहिलेकै अवस्थामा कार्यक्रम आयोजनाका लागि भने बजेट अभाव हुने संघले बताएको छ ।

संघले ७ करोडको रुपैयाँका महत्वकाक्षी कार्यक्रम घोषणा गरिरहँदा भने कतिपयले पुरा हुनेमा आशंका गरेका छन् । तर, पनि संघका महासचिव जितेन्द्रबहादुर चन्दले संघको क्यालेन्डरसहित अन्य कनर्यक्रम गर्न सरकारसँग ११ करोडको बजेट माग गरेको बताएका छन् । तर, उक्त बजेट सरकारले दिएपनि नदिए पनि क्यालेन्डर प्रायोजक खोजेर भएपनि कार्यन्वयन गर्ने दावी गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भने भलिबललाई वार्षिक १३ लाख भन्दा धेरै दिन सकेको छैन् । तर, यो वर्ष सरकारी निकाय कार्यक्रम प्रति सकारात्मक रहेकाले यो वर्ष बजेट बढ्नेमा संघ विश्वस्त देखिन्छ ।

संघको बार्षिक कार्यक्रम यस्ता छन् :
१. FIBV लेभल कोच कोर्स
२. राष्ट्रिय टिम प्रशिक्षण ( पुरुष)
३. भलिबल डे
४. छैटौं महिला र साथौँ पुरुष राष्ट्रिय बिच भालिबह प्रतियोगिता
५. ओलम्पिक डे भलिबल
६. राष्ट्रिय बिच भलिबल रेफ्री कोर्स
७. राष्ट्रिय रेफ्री / क्षेत्रिय रेफ़्रिङ कोर्स
८. एभीसी एसिएन सिनिएर सेन्ट्रल जोन पुरुष भलिबल
९. राष्ट्रिय टिम प्रशिक्षण ( महिला )
१०. पाँचौ एन भी ए / एन एस टी महिला राष्ट्रिय क्लब च्याम्पियनसिप
११. यु १७ राष्ट्रिय महिला / पुरुष भलिबल प्रतियोगिता
१२. एसियन सेन्ट्रल जोन महिला /पुरुष बिच भलिबल
१३. १३ औं राष्ट्रिय महिला एशियाली महिला / पुरुष भलिबल
१४. २४ औं राष्ट्रिय महिला भलिबल
१५. तेश्रो एन भी ए अवार्ड सेरेमोनी
१६. ३३ औं राष्ट्रिय पुरुष भलिबल
१७. अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल पुरुष / महिला
१८. पाँचौं RBB – NVA राष्ट्रिय पुरुष क्लब लिग
१९. पाँचौं RBB – NVA राष्ट्रिय महिला क्लब लिग
२०. प्रथम एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल
२१. पाँचौं एनभीए एनएसटी पुरुष राष्ट्रिय क्लब च्याम्पियनसिप
२२. एसियन रेफ्री क्यान्डिडेट कार्ष

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ६ : ४८ बजे

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै