एम्बाप्पेमाथि तीन खेलमा प्रतिबन्ध, नेयमारलाई अनुशासनको कारवाही ! | Khabarhub Khabarhub

एम्बाप्पेमाथि तीन खेलमा प्रतिबन्ध, नेयमारलाई अनुशासनको कारवाही !


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पेरिस सेन्ट जर्मनका स्ट्राईकर केलियन एम्बाप्पेमाथि तीन खेलको प्रतिबन्ध लागेको छ ।

फ्रेन्च कपको फाइनल खेलका क्रममा खराब फाउल गरेको भन्दै एम्बाप्पेलाई तीन खेलको प्रतिबन्ध लागेको हो ।

फुटबल क्लब रेनिससंगको खेलको अतिरिक्त समयमा २-२को अवस्थामा एम्वाप्पेले फाउल गरेका थिए । पेनाल्टी सुटआउटमा पुगेको खेलमा रेनिस ६-५ गोल अन्तरले विजयी भएको थियो ।

त्यस्तै पीएसजीका अर्का स्टार नेयमारमाथि पनि अनुसन्धानको कारवाहि हुने भएको छ ।

उपविजेताको पदक संकलन गर्न जाने क्रममा बाटोमा फ्यानसंग झगडा गरेपछि नेयमारमाथि अनुसन्धान कारवाहि खुल्ला गरको हो ।
यस सिजन पिएसजिले कप कम्पिडिसनमा जित निकाल्न सकेको छैन ।

केहि दिन अघि मात्र च्याम्पियन्स लिगमा पिएसजि म्यान्चेष्टर युनाईटेडसंग पराजित भएको थियो ।

पीएसजीलाई टाइब्रेकरमा हराएको रेनिसले सन् १९७१ पछि पहिलो पटक फ्रेन्च कपको उपाधि उचालेको हो। यस्तै लिग वानका केही खेल बाँकी हुँदै पीएसजीले फ्रान्सेली लिग वानको उपाधि पक्का गरिसकेको छ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ७ : ५८ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन