एम्बाप्पेमाथि तीन खेलमा प्रतिबन्ध, नेयमारलाई अनुशासनको कारवाही ! « Khabarhub

एम्बाप्पेमाथि तीन खेलमा प्रतिबन्ध, नेयमारलाई अनुशासनको कारवाही !


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पेरिस सेन्ट जर्मनका स्ट्राईकर केलियन एम्बाप्पेमाथि तीन खेलको प्रतिबन्ध लागेको छ ।

फ्रेन्च कपको फाइनल खेलका क्रममा खराब फाउल गरेको भन्दै एम्बाप्पेलाई तीन खेलको प्रतिबन्ध लागेको हो ।

फुटबल क्लब रेनिससंगको खेलको अतिरिक्त समयमा २-२को अवस्थामा एम्वाप्पेले फाउल गरेका थिए । पेनाल्टी सुटआउटमा पुगेको खेलमा रेनिस ६-५ गोल अन्तरले विजयी भएको थियो ।

त्यस्तै पीएसजीका अर्का स्टार नेयमारमाथि पनि अनुसन्धानको कारवाहि हुने भएको छ ।

उपविजेताको पदक संकलन गर्न जाने क्रममा बाटोमा फ्यानसंग झगडा गरेपछि नेयमारमाथि अनुसन्धान कारवाहि खुल्ला गरको हो ।
यस सिजन पिएसजिले कप कम्पिडिसनमा जित निकाल्न सकेको छैन ।

केहि दिन अघि मात्र च्याम्पियन्स लिगमा पिएसजि म्यान्चेष्टर युनाईटेडसंग पराजित भएको थियो ।

पीएसजीलाई टाइब्रेकरमा हराएको रेनिसले सन् १९७१ पछि पहिलो पटक फ्रेन्च कपको उपाधि उचालेको हो। यस्तै लिग वानका केही खेल बाँकी हुँदै पीएसजीले फ्रान्सेली लिग वानको उपाधि पक्का गरिसकेको छ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ७ : ५८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र