आईपीएलमा आज दिल्लीको खेल : टोलीमा सन्दीप पर्ने सम्भावना कति ? « Khabarhub

आईपीएलमा आज दिल्लीको खेल : टोलीमा सन्दीप पर्ने सम्भावना कति ?


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापीटल्सले आज (शनिबार) राजस्थान रोयल्ससँग खेल्दैछ । इन्डियन प्रिमियर लिग (आईपीएल) को राउण्ड रोविन लिगको अन्तिम खेल राजस्थानसँग आफ्नै घरेलु मैदानमा खेल्दैछ । १३ खेलमा १६ अंक जोडेको दिल्ली ६ वर्षपछि पहिलो पटक प्लेअफमा पुगिसकेको छ भने राजस्थान लिगको छैठौं स्थानमा छ ।

आईपीएलमा घरेलु मैदानमा भएका ६९ खेलमा दिल्लीले ३० खेलमा जीत निकाल्न सफल भएको इएसपीएनक्रिक इनफोले उल्लेख गरेको छ । आजको खेलमा पनि दिल्ली राजस्थानमाथि जित निकाल्दै लिगको शीर्ष स्थानमा पुग्ने लक्ष्यससिहत मैदान उत्रिदैछ ।

११ अंकरहेको राजस्थानको भने प्लेअफ सम्भावना निकै कम छ । दिल्लसिँग जितेपनि १३ अंकमात्रै हुने राजस्थान भन्दा अगाडि एक खेल बाँकी रहँदा १२—१२ अंकसहित हैदरवाद र कोलकाता चौथो र पाँचौ स्थानमा छन् ।

दिल्लकिा लागि महत्वपूर्ण खेलाडी तथा आईपीएलका सर्वाधिक विकेट लिने खेलाडी कागिसो रबाडा टिममा नहुँदा भने केही हदसम्म दबाबमा रहनेछ । यस्तै, आर्यपीएलमा रन नियन्त्रण गर्न नसकेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आजको खेलमा टिममा स्थान पाउने सम्भावना कम छ ।

तरपनि अघिल्लो खेलमा सन्दीपको स्थानमा मैदान प्रवेश गरेका क्रिस मोरीस महँगा सावित भएका कारण सन्दीपले स्थान पाउने क्रिकेट विश्लेषकको आँकलन छ । मोरिसले एक विकेट लिँदै ४७ रन खर्चिएका थिए । त्यसोत, सन्दीपले यो सिजनको आईपीएलमा खेलेका ८ खेलबाट ८ विकेट लिएका छन् ।

सम्भावित दिल्ली टिम

पृथ्वी श्वा, श्रयस अयर (कप्तान), रिसभ पन्त, शिखर धवन, जगदेश सुचित, कोलिन इन्ग्राम, शेरफाने रुथफोर्ड, अक्जर पटेल, अमित मिश्रा, इसान्त शर्मा–ट्रेन्ट बोल्ट, सन्दीप लामिछाने–क्रिस मोरिस

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ११ : २७ बजे

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४