एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित  « Khabarhub

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४ सय ९६ जनाको मृत्यु भएको छ । 

गृह मन्त्रालय अन्तर्गत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ सालको वैशाख १ गतेदेखि चैत ३० गतेसम्मको अवधिमा मुलुकभर ७ हजार ७ सय १६ विपद्का घटनामा परी ४ सय ९६ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता भएका छन् । 

यी विभिन्न घटनामा परी १ हजार ९ सय ९१ जना घाइते भएका प्राधिकरणको तथ्यांकमा उल्लेख छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै लागालागीका ३ हजार ७ सय ६८ घटना हुँदा  १०६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सर्पदंशका ६ सय २७ घटनामा १०१ जनाको मृत्यु भएको छ ।

६ सय २४ पहिरोका घटनामा ७६ जनाको मृत्यु भएको छ भने चट्याङका  ४ सय २६ वटा घटनामा ४८ जनाको मृत्यु भएको  प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

यस वर्ष विपद्का कारण कुल १३ हजार ६ सय ९३ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । सबैभन्दा बढी प्रभावित परिवारको संख्या आगलागीका कारण ४हजार ३२ र बाढीका कारण ३ हजार ३ सय रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १ : ३७ बजे

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई

बाढीपीडित व्यवसायिका लागि पुनरुत्थान प्याकेज : करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौं– सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक

चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने

दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

एजेन्सी– अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु

शान्ति वार्ता फेरि सुरु गर्ने विषयमा अमेरिका–युक्रेनबीच छलफल

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ