लगानीमैत्री वातावरण बनाउन आग्रह « Khabarhub

लगानीमैत्री वातावरण बनाउन आग्रह


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- प्रदेश नं ५ मा लगानीमैत्री वातावरण सृजन गर्न प्रदेश सरकारले प्रभावकारी निति निर्माण गर्न जरुरी रहेको उद्योगी ब्यवसायीहरुले जोड दिएका छन् । पश्चिम नवलपरासीको परासीमा शनिबार आयोजित उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ द्वारा आयोजित दोस्रो साधारणसभामा सहभागी उद्योगी व्यवसायीले यस्तो जोड दिएका हुन् ।

कार्यक्रममा प्रदेश नं ५ लाई समृद्ध र विकासतर्फ उन्मुख गराउन प्रदेश सरकारले निजी क्षेत्रलाई पनि लगानीमैत्री वातावरण सिर्जना गर्नुको विकल्प नरहेको व्यवसायीले दाबी गरे ।

साधारणसभामा समग्र रुपमा उद्योगी व्यवसायीको साझा समस्या, अवसर र चुनौतीसहित स्वदेशी र विदेशी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा छलफल केन्द्रित भएको उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का संयोजक गुणनिधि तिवारीले बताए ।

कार्यक्रममा प्रदेशको समृद्धि तथा विकासका लागि निजी क्षेत्रलाई पनि प्रदेश सरकारले हातेमाले गर्नुपर्ने भएकाले यसका लागि निजी क्षेत्र प्रदेश सरकारसँग सहकार्य गरी अघि बढ्न तयार सहभागीले बताएका थिए । साधारणसभामा प्रदेश नं ५ अन्तर्गत विभिन्न १२ जिल्लाका जिल्ला र नगर गरी ३४ उद्योग वाणिज्य सङ्घका प्रतिनिधि तथा १३५ एशोसिएसन सदस्य निकाय प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  २ : १९ बजे

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण