गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक « Khabarhub

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

शनिबार शहीदलखन गाउँपालिका–३ कान्टार क्षेत्रमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ। सवारीमा चालक र सहचालकसहित १४ जना सवार थिए।

प्रहरीका अनुसार दुर्घटनास्थलमै सात जनाको ज्यान गएको हो । ज्यान गुमाउने सबै भारतीय नागरिक रहेको बताइएको छ । घाइते भएका अन्य सात जनालाई भने तत्काल उद्धार गरी उपचारका लागि पठाइएको छ।

प्रारम्भिक जानकारी अनुसार चालक र सहचालक बाहेक माइक्रोबसमा सवार सबै भारतीय नागरिक थिए। उनीहरू मनकामना मन्दिर दर्शनका लागि गएका तीर्थयात्री रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी र स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएका थिए । भीरालो भूभागका कारण उद्धार कार्य केही समयसम्म चुनौतीपूर्ण बनेको बताइएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ९ : ५१ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको