राष्ट्र प्रमुखको हैसियतले जुन सरकार चल्छ, त्यो सरकार राष्ट्रपतिको सरकार हो –प्रधानमन्त्री « Khabarhub

राष्ट्र प्रमुखको हैसियतले जुन सरकार चल्छ, त्यो सरकार राष्ट्रपतिको सरकार हो –प्रधानमन्त्री


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनेको विषयलाई विवादमा तान्नु लोकतन्त्रको उपहास भएको बताएका छन् ।

सरकारी निवास बालुवाटारमा शनिबार बिहान सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भनेको विषयमा स्पष्ट पार्ने प्रयास गरे । उनले अन्तराष्ट्रिय अभ्यासलाई सबैले बुझ्नुपर्ने भन्दै त्यसको बचाउ गरे ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति देशको प्रमुख भएको हिसावमा यो सरकार राष्ट्रपतिको सरकार भएको तर्क गरे । उनले भने,‘राष्ट्रपति देशको, राष्ट्रको प्रमुख हो । म व्यक्तिको कुरा गरिराखेको छैन, संस्थाको कुरा गरिराख्या छु । राष्ट्रको प्रमुखको हैसियतले जुन सरकार चल्छ, त्यो सरकार राष्ट्रपतिको सरकार हो । राष्ट्रपतिले सरकारको नीति कार्यक्रम आफ्नो सम्वोधनमार्फत गरिरहँदा गरिमायम संसदलाई मेरो सरकारको नीति यो छ, कार्यक्रम यो छ भन्ने यो अन्तरराष्ट्रिय अभ्यास हो ।’

प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियतका साथ संसदबाट निर्वाचित हुने भन्दै अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै राष्ट्रपतिले मेरो सरकार भनेको दाबी गरे । सञ्चारकर्मीसँग् प्रधानमन्त्री ओलीले प्रश्न गरे“कसको सरकार भन्ने त राष्ट्रपतिले ? कि निबन्ध पढ्ने ? यो सरकारको नीति कार्यक्रम भन्दाखेरी अनि के फलानाको सरकार भनेर राष्ट्रपतिले भन्ने ? राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियत भएर मात्रै पार्लियामेण्टमा आउँछन् । ”

प्रधानमन्त्री ओलीले मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तराष्ट्रिय अभ्यासको विरोध गर्नु भनेकोे आफैंले स्थापना गरेको प्रणालीको गरिमालाई नबुझेको र उपहास गरेको ठहरिने दाबी गरे ।

उनले भने–“मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तराष्ट्रिय अभ्यासलाई अनौठो मान्ने जामानामा हामी पुग्यौ भनेको यात हामीले स्थापना गरेको प्रणालीलाई बुझेनौ या आफूले स्थापना गरेको प्रणाली र राष्ट्रप्रमुखको गरिमा चित्त नबुझेको हो ? ”

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनि सम्बोधन गरेको विषयमा चौतर्फी विरोध भएको छ । यसले पुरानै राज्यप्रणालीको झल्को दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा विरोध गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ४ : ३५ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने