अन्नपूर्ण हिमाल आरोहणका क्रममा उद्धार गरिएका मलेशियाली डाक्टरको सिङ्गापुरमा निधन « Khabarhub

अन्नपूर्ण हिमाल आरोहणका क्रममा उद्धार गरिएका मलेशियाली डाक्टरको सिङ्गापुरमा निधन


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्नपूर्ण हिमाल आरोहण गरी फर्कने क्रममा उद्धार गरिएका एकजना मलेशियाली पर्वतारोहीको निधन भएको छ ।

सिङ्गापुरमा रहँदै आएका मलेशियाली आरोही तथा डाक्टर चिन वुई किनको सिङ्गापुरमा रहेको युनिभर्सिटी अस्पतालमा निधन भएको हो ।

८,०९१ मिटर उचाईको अन्नपूर्ण हिमाल आरोहण गरेर फर्कने क्रममा उनी अन्य आरोहीसँग छुट्टिएका थिए । त्यसको ४३ घण्टापछि गत बिहीबार उनलाई उद्धार गरिएको थियो ।

शुरुमा नेपालमै उपचार गराइएका उनलाई थप उपचारका लागि सिङ्गापुर लगिएको थियो । नेपालमै पनि चिकित्सकले उनको बच्ने सम्भावना कम रहेको जनाएका थिए ।

सिङ्गापुरको ङ्ग टेङ्ग फोङ्ग जनरल अस्पतालमा भिजिटिङ सिनियर एनेस्थेसियोलोजी कन्सल्टेन्टका रुपमा कार्यरत डा. चिन वुई किनले यसअघि सगरमाथाको पनि सफल आरोहण गरेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ७ : ०९ बजे

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी