उत्तर कोरियाका शासक किमबारे तपाईंलाई थाहा नभएका १० रोचक किस्सा | Khabarhub Khabarhub

उत्तर कोरियाका शासक किमबारे तपाईंलाई थाहा नभएका १० रोचक किस्सा


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई नचिन्ने सायदै कोही होलान् । सन् २०११ मा उत्तर कोरियाको सर्वोच्च नेता बनेका उनको किस्साहरु पनि उत्तिकै चर्चित छन् । उनका विभिन्न गतिविधी समाचारका शीर्षक पनि बन्ने गरेका छन् । तर यस्ता केही किस्सा छन्, जो सबैलाई थाहा नहुन सक्छ ।

१. जन्मदिन अज्ञात

किमको जन्म कहिले भएको हो भन्ने स्पष्ट छैन । उनको जन्म जनवरी ८ वा जुलाई ६ १९८२ मा भएको वा १९८३ वा १९८४ मा भएको स्पष्ट छैन । उमेरमा निकै कलिलो भएपनि उनी विश्व राजनीतिमा परिपक्वजस्तो देखिनका लागि आधिकारिक रुपमा उनको जन्म १९८२ मा भएको बताइन्छ ।

२. बाल्यकाल पनि रहस्यमय 

उनको जन्म कहिले भएको भन्ने स्पष्ट छैन भने उनको बाल्यकाल पनि रहस्यकै गर्भमा छ । उनको बाल्यकालका तस्वीर तथा अन्य कुनै पनि विवरण सार्वजनिक भएको छैन । यद्यपि सन् २०१४ मा उत्तर कोरियाली वायुसेनाको एक समारोहमा उनको बाल्यकालका केही तस्बीरहरु सार्वजनिक गरिएको थियो । त्यसबाहेक उनको बाल्यकालबारे विश्वका अधिकांश मानिस अनभिज्ञ छन् ।

३. स्विट्जरल्याण्डमा अध्ययन

किम जोङ उनले अर्कै नाम राखेर स्विट्जरल्याण्डमा अध्ययन गरेका हुन् । स्विट्जरल्याण्डको बर्न शहरमा रहेको एक प्रतिष्ठित विद्यालयमा उनले सन् १९९८ देखि सन् २००० सम्म अध्ययन गरेका हुन् । त्यहाँ उनी कुनै विदेशी निकायका सदस्यको रुपमा अर्कै नाम राखेर भर्ना भएको बताइएको छ । यद्यपि त्यहाँ उनको नाम के थियो भन्ने चाहिँ केही खुलाइएको छैन । उनले राजनीतिमा भन्दा पनि खेलकुदमा बढी चासो दिने गरेका थिए भने उनको पढाइ पनि त्यति राम्रो नरहेको बताइएको छ ।

४. बास्केटबलका ठूला फ्यान 

किम जोङ उनलाई सबैभन्दा धेरै मनपर्ने खेल बास्केटबल हो । बास्केटबलमा उनी माइकल जोर्डनका ठूलो फ्यान हुन् । उनी र अमेरिकी बास्केटबल खेलाडी डेनिस रोडम्यान पनि एकदमै मिल्ने साथी हुन् । उनल् सन् २०१३ मा डेनिस रोडम्यानलाई उत्तर कोरिया भ्रमणमा बोलाएका थिए । त्यसयता रोडम्यानले बेला बेला उत्तर कोरियाको भ्रमणमा जाने गरेका छन् ।

५. हरेक तस्बीरमा मुस्कुराइ रहनु

उत्तर कोरियाली सञ्चारमाध्यमले सार्वजनिक गर्ने उनका हरेक तस्बीरमा उनी मुस्कुराइरहेका देखिन्छन् । कुनै क्षेप्यास्त्र परीक्षण गर्दाको तस्बीर होस् वा कतै भ्रमणमा निस्कँदाको तस्बीर होस् उनी मुस्कुराइरहेका देखिन्छन् । उत्तर कोरियाली जनता तथा विश्वलाई आफ्नो मुलुकका जनता खुशी छन् भन्ने देखाउने प्रोपागाण्डाका लागि उनले हरेक तस्बीरका लागि पोज दिँदा मुस्कुराउने गरेको बताइन्छ ।

६. अनेक नामबाट सम्बोधन

उनको आधिकारिक पद सर्वोच्च नेता मात्र होइन । ‘प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका मुख्य नेता’ बाहेक उनका यस्ता धेरै आधिकारिक पद छन्, ‘नयाँ शुरुवात’, ‘ब्रिलियन्ट कमरेड’, ‘उत्तर कोरियाका मार्शल’, ‘अरुभन्दा प्रतिभाशाली’ लगायत अनेक पदबाट उनलाई सम्बोधन गर्ने गरिन्छ ।

७. ३ वर्षको उमेरमै सवारी चलाउन सिके

पत्याउन गाह्रो पर्ला, उनले तीन वर्षको कलिलो उमेरमै सवारी चलाउन सिकेका थिए । ३ वर्षको उमेरमा कसैले सवारी चलाउन सक्नु असम्भव प्राय कुरा हो तर उत्तर कोरियाली विद्यालयमा उनको ‘जीवन तथा उनका क्रान्तिकारी कार्य’ लाई समेटेर तयार पारिएको पाठ्यक्रममा सर्वोच्च नेता किम जोङ उनले तीन वर्षको उमेरमा सवारी चलाउन सिकेकको जनाइएको छ ।

८. हजुरबुबा जस्तो देखिन प्लाष्टिक सर्जरी

कम्युनिष्ट पार्टीमा आफ्ना यसअघिका नेता जस्तै देखिन चाहने परिपाटी हुन्छ । सोही अनुसार किम जोङ उनले उत्तर कोरियाका संस्थापक नेता तथा आफ्ना हजुरबुबा किम इल सुङजस्तो देखिन २७ वर्षको उमेरमा प्लाष्टिक सर्जरी गरेका थिए । अझै पनि उनी काटीकुटी किम इल सुङ जस्ता त देखिँदैनन्, तर किम इल सुङ र उनको अनुहारमा केही समानता भने अवश्य भेटिन्छ ।

९.उत्तर कोरियाका एकमात्र मोटा मानिस

विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको प्रतिवेदनमा उत्तर कोरियामा व्यापक भोकमरी र गरिबी रहेको सार्वजनिक हुँदै आएको छ । उत्तर कोरियामा मानिसहरुको तौल पनि औषतभन्दा कम रहेको अवस्थामा किम जोङ उन भने निकै नै मोटाघाटा छन् । सायद उत्तर कोरियामा उनीभन्दा मोटा मानिस अरु कोही छैनन् ।

१०. उनले भ्रमण गर्ने बेला केही मानिसहरुले उनको आसपास डायरीमा केही टिपोट गरिरहेका देखिन्छन्

जबजब सर्वोच्च नेता किम कुनै कार्यक्रममा सहभागी हुन वा कहीँ भ्रमण गर्न निस्कन्छन्, तब उनको आसपास केही बुढा मानिसहरु डायरीमा केही टिपोट गरिरहेजस्ता देखिन्छन् । उनीहरुले आफ्नो डायरीमा सर्वोच्च नेताको निर्देशन तथा टिप्पणी टिपोट गर्ने गरेको बताइन्छ । सर्वोच्च नेताको स्थलगत भ्रमणका क्रममा दिइएको निर्देशनलाई व्यवहारमा कार्यान्वयन गर्नका लागि अधिकारीले आफ्ना डायरीमा टिपोट गर्ने गरेको बताइन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ८ : २१ बजे

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्