३ वटा ट्रक आपसमा ठोक्किँदा मकवानपुरमा १२ जना घाइते « Khabarhub

३ वटा ट्रक आपसमा ठोक्किँदा मकवानपुरमा १२ जना घाइते


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– मकवानपुरको मनहरीमा सवारी दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मनहरी गाउँपालिका वडा नं ९ स्थित सडकमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता सागरविक्रम राणाका अनुसार बिहान ९ बजे ३ वटा ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

उहाँका अनुसार हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख ३३७४ नंको ट्रक र नारायणगढबाट हेटौँडातर्फ आइरहेको ना४ख ११९२ नंको ट्रक आपसमा ठोक्किएको हो । दुई ट्रक ठोक्किएपछि नारायणगढतर्फबाटै आइरहेको ना६ख ९९०७ नंको तेस्रो ट्रक पनि ठोक्किएको थियो ।

दुर्घटनामा परी घाइते हुनेमा कपिलवस्तुका १७ वर्षीय दीपक सुनुवार, हेटौँडा कमानेकी १६ वर्षीया पुजा मोक्तान, हेटौँडा–३ बस्ने २० वर्षीया शीला राई, मनहरी–६ बस्ने २८ वर्षीया धनमाया राई, धादिङ बस्ने २० वर्षीय सन्तोष विडारी, मनहरी–६ बस्ने २४ वर्षीया कमला तामाङ, सोही स्थान बस्ने क्रमशः ३५ वर्षीया कृष्णमाया राई, २५ वर्षीया निर्मला राई, २५ वर्षीय दिनमाया राई र पाँच वर्षीय सनिल राई रहेका छन् ।

त्यसैगरी ना६ख ३३७४ नंको ट्रक चालक रौतहट जिल्ला बस्ने २७ वर्षीय उमेश भुजेल र ना६ख ९७०७ नंको ट्रक चालक दाङ बस्ने ३५ वर्षीय सरोज चौधरी पनि घाइते भएका छन् । प्रहरीका अनुसार ना४ख १९९२ नंका ट्रक चालक भने फरार रहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  १० : ०७ बजे

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को