३ वटा ट्रक आपसमा ठोक्किँदा मकवानपुरमा १२ जना घाइते « Khabarhub

३ वटा ट्रक आपसमा ठोक्किँदा मकवानपुरमा १२ जना घाइते


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– मकवानपुरको मनहरीमा सवारी दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मनहरी गाउँपालिका वडा नं ९ स्थित सडकमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता सागरविक्रम राणाका अनुसार बिहान ९ बजे ३ वटा ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

उहाँका अनुसार हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख ३३७४ नंको ट्रक र नारायणगढबाट हेटौँडातर्फ आइरहेको ना४ख ११९२ नंको ट्रक आपसमा ठोक्किएको हो । दुई ट्रक ठोक्किएपछि नारायणगढतर्फबाटै आइरहेको ना६ख ९९०७ नंको तेस्रो ट्रक पनि ठोक्किएको थियो ।

दुर्घटनामा परी घाइते हुनेमा कपिलवस्तुका १७ वर्षीय दीपक सुनुवार, हेटौँडा कमानेकी १६ वर्षीया पुजा मोक्तान, हेटौँडा–३ बस्ने २० वर्षीया शीला राई, मनहरी–६ बस्ने २८ वर्षीया धनमाया राई, धादिङ बस्ने २० वर्षीय सन्तोष विडारी, मनहरी–६ बस्ने २४ वर्षीया कमला तामाङ, सोही स्थान बस्ने क्रमशः ३५ वर्षीया कृष्णमाया राई, २५ वर्षीया निर्मला राई, २५ वर्षीय दिनमाया राई र पाँच वर्षीय सनिल राई रहेका छन् ।

त्यसैगरी ना६ख ३३७४ नंको ट्रक चालक रौतहट जिल्ला बस्ने २७ वर्षीय उमेश भुजेल र ना६ख ९७०७ नंको ट्रक चालक दाङ बस्ने ३५ वर्षीय सरोज चौधरी पनि घाइते भएका छन् । प्रहरीका अनुसार ना४ख १९९२ नंका ट्रक चालक भने फरार रहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  १० : ०७ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा