‘मेरो सरकार’को सट्टा ‘नेपाल सरकार’राख्न माग गर्दै कांग्रेसद्वारा संशोधन दर्ता | Khabarhub Khabarhub

‘मेरो सरकार’को सट्टा ‘नेपाल सरकार’राख्न माग गर्दै कांग्रेसद्वारा संशोधन दर्ता


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दर्ता गराएको छ ।

कांग्रेस ससंदीय दलको कार्यालयले आज नीति तथा कार्यक्रमको बुँदा नं ३ देखि २१५ सम्म विभिन्न बुँदामा ‘मेरो सरकार’ भनी लेखिएको सट्टा ‘नेपाल सरकार’ भनी संशोधन गर्नुपर्नेलगायत विषयमा सूचना दर्ता गराएको जनाएको छ ।

कांग्रेसले नीति कार्यक्रममा प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार माथि हस्तक्षेप गरी सङ्घीयता कमजोर बनाउने, लोकतान्त्रिक शासन व्यवस्थामा आधारभूत संरचना कमजोर पार्ने कार्यक्रम प्रस्तावित गरेको तथा विद्यमान परिस्थितिमा आवश्यक नीतिगत प्रष्टतासहित सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सक्ने कार्यक्रमगत प्रष्टता नभएको भन्दै संशोधन दर्ता गराएको पार्टीका सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

कांग्रेसले उपरोक्त कारणले समग्रमै संशोधनका सबै बुँदामा फेरबदल गरी वार्षिक नीति तथा कार्यक्रम संशोधन गर्न सूचना पेश गरेको जनाएको छ । सांसदहरु बालकृष्ण खाँण, डा मीनेन्द्र रिजाल, पुष्पा भुसाल, अतहर कमाल मुसलमान, पदमनारायण चौधरी, रामबहादुर विष्ट, सञ्जयकुमार गौतम, मानबहादुर विश्वकर्मा, जिपछिरिङ लामा, दीलेन्द्रप्रसाद बडु, डिला सङ्ग्रौला, दिव्यमणि राजभण्डारी, पार्वता डिसी चौधरी, ज्ञानकुमारी छन्त्याल, महेन्द्रकुमारी लिम्बू, मिना सुब्बा, रङ्गमती शाही, विमला नेपाली, लक्ष्मी परियार, सरवत आरा खानम हलवाइनी, प्रकाश रसायली, मीना पाण्डे, सुजाता परियार र मिनाक्षी झाको तर्फबाट संशोधन दर्ता गराइएको हो ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  १० : २३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन