नेपाल र रुवाण्डाबीच लगानी साझेदारीको सम्भावना : अध्यक्ष ढकाल « Khabarhub

नेपाल र रुवाण्डाबीच लगानी साझेदारीको सम्भावना : अध्यक्ष ढकाल


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र रुवाण्डाबीच व्यापार, पर्यटनलगायत लगानीका क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताएका छन् ।

रुवाण्डाको स्वतन्त्रता दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै उनले नेपालको चिया, जडीबुटी र हस्तकला र रुवाण्डाको प्रविधि, कृषि प्रशोधन र पर्यटन व्यवसायबीच सहयोगको सम्भावना रहेको बताए ।

उनले नेपाल र रुवाण्डाबीच भन्सार सुधार, डिजिटल उपकरणको प्रयोग, व्यवसायको सहजता प्रवर्द्धन, संयुक्त व्यापार मञ्च र लगानी प्रवर्द्धनमा सहकार्य गर्न सकिने बताए ।

अध्यक्ष ढकालले रुवाण्डाले व्यवसाय गर्न सहज बनाउन गरेको सुधारको चर्चा गर्दै रुवाण्डा विकास बोर्डको पहल, एकदिनमै कम्पनी दर्ता हुने प्रक्रिया र लगानीमैत्री वातावरणले प्रविधि, वित्त, उत्पादन र पर्यटनमा विदेशी लगानी आकर्षित गरेको उल्लेख गरे ।

कफी, चिया, पर्यटन र पूर्वाधार विकासमा भएको प्रगति नेपालीका लागि पनि सिक्ने विषय भएको उनको भनाइ थियो ।

रुवाण्डाको साहसिक रूपान्तरण यात्रा नेपाली जनताका लागि प्रेरणाको स्रोत भएको बताउँदै अध्यक्ष ढकालले सन् १९९४ मा भएको नरसंहारपछि रुवाण्डाले शान्ति, एकता र प्रगति हासिल गर्न गरेको प्रयासलाई उच्च सम्मान प्रकट गरे ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १२ : २३ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी