कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीले जित्यो « Khabarhub

कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीले जित्यो


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– त्रिभुवन आर्मी क्लबले कर्णाली प्रिमियर लिग (केपिएल) को उपाधि हात पारेको छ ।

फाइनल खेलमा न्यू होराइजन बुटवललाई ५९ रनले आज हराउँदै आर्मीले उपाधिसँगै रु पाँच लाख पुरस्कार हात पार्‍यो । वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु भएको दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग आज सम्पन्न भएको हो ।

उपविजेता बनेको न्यू होराइजन बुटवलले भने रु दुई लाखमा चित्त बुझाएको छ । १४७ रनको लक्ष्य पाएको न्यू होराइजनले १८.३ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाएपछि फराकिलो हार भोगेको हो । टोलीका लागि विशाल सुनार २६ र निश्चल चौधरीले १९ रन बनाउदा राहुल प्रजापतिले १२ सुनिल धमलाले ११ रन बनाएपनि अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

आर्मीका जितेन्द्र मुखियाले तीन ओभर तीन बलमा ८ रन र सहाब आलमले तीन ओभरमा १३ रन दिएर समान तीन/तीन विकेट हात पारे । टस जितेर ब्याटिङ गरेको आर्मीले हरिबहादुर चौहानको ५६ रनको अर्धशतकीय पारीसँगै ६ विकेट गुमार १४६ रन बनायो । आर्मीका राजु रिजालले ३४ रन जोड्दा भीम सार्कीले सात बलमा तीन छक्का सहित अविजित २१ रनको आक्रमक पारी खेले ।

बुटवल होराइजनका कप्तान शक्ति गौचन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ५० हजार पुरस्कार प्राप्त गरे । आयोजक कर्णाली–११ का कप्तान रवीन्द्रजङ्ग शाहीले उत्कृष्ट ब्याट्सम्यान र आर्मीका सुशन भारीले उत्कृष्ट बलर बन्दै समान रु २० हजार पुरस्कार पाए ।

आयोजक कर्णाली क्रिकेट एकेडेमीले दर्शकमध्येबाट एक जनालाई मोटरसाइकल पुरस्कार दिने व्यवस्था गरेको थियो । वीरेन्द्रनगर ३ का अमर विकले गोलाप्रथाबाट एउटा मोटरसाइकल प्राप्त गरे। ८ टिम सहभागी भएको प्रतियोगितामा १५ वटा म्याच सञ्चालन भएका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ८ : ३८ बजे

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४