कवितालाई एनसीएसएसको सम्मान « Khabarhub

कवितालाई एनसीएसएसको सम्मान


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले राष्ट्रिय महिला टोलीकी सदस्य कविता कुँवरलाई सम्मान गरेको छ ।

नेपाल खेलकुद पत्रकार मंचको सभाहलमा स्मृति सभा एवम सम्मान कार्यक्रम गर्दै स्व प्रमोद बज्राचार्यको बार्शिक पुण्यतिथिको अवसरमा नगद रु २५ हजारको स्व प्रमोद बज्राचार्य एनसीएसएस दोश्रो राष्ट्रिय सेवा सम्मान इमर्जिङ्ग खेलाडी कुवरलाई प्रदान गरेको हो ।

२०७५बैशाख २१ मा स्वर्गारोहण भएका प्रमोद वज्राचार्य एनसीएसएसका सन्स्थापक सदस्य एवम तात्कालिन कोसाध्यक्ष्य रहेका थिए ।

स्व प्रमोद बज्राचार्यको सम्झना स्वरुप नेपालि क्रिकेटलाई योगदान होस भन्ने उद्देस्यले एनसीएसएसले रास्ट्रीय सम्मान कार्यक्रमु बार्शिक रुपमा गर्दै आएको छ ।

स्व प्रमोद बज्राचार्य ल्ऋक्क् रास्ट्रीय सेवा सम्मानको पुरस्कार राशी रु २५ हजार रहेको छ । स्व प्रमोद बज्राचार्यको परिवार र एनसीएसएसको तर्फबाट रु २ लाखको अक्षय कोश स्थापना गरिएको छ । उक्त कोशबाट बार्शिक रुपमा यो सम्मान कार्यक्रम गर्ने ब्यवस्था छ ।

पुरस्कार वितरणका लागि गठन गरीएको छनोट समितिले अप्सरी बेगम, कविता कुवर र बिन्दु रावललाई प्रारम्भिक रुपमा सर्टलिस्ट गरेको थियो । उपरोक्त छनोट समितिको निर्णय अनुरुप नै सम्मान कविता कुवरलाइ प्रदान गरिएको हो ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ३ : ३८ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा