कवितालाई एनसीएसएसको सम्मान « Khabarhub

कवितालाई एनसीएसएसको सम्मान


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले राष्ट्रिय महिला टोलीकी सदस्य कविता कुँवरलाई सम्मान गरेको छ ।

नेपाल खेलकुद पत्रकार मंचको सभाहलमा स्मृति सभा एवम सम्मान कार्यक्रम गर्दै स्व प्रमोद बज्राचार्यको बार्शिक पुण्यतिथिको अवसरमा नगद रु २५ हजारको स्व प्रमोद बज्राचार्य एनसीएसएस दोश्रो राष्ट्रिय सेवा सम्मान इमर्जिङ्ग खेलाडी कुवरलाई प्रदान गरेको हो ।

२०७५बैशाख २१ मा स्वर्गारोहण भएका प्रमोद वज्राचार्य एनसीएसएसका सन्स्थापक सदस्य एवम तात्कालिन कोसाध्यक्ष्य रहेका थिए ।

स्व प्रमोद बज्राचार्यको सम्झना स्वरुप नेपालि क्रिकेटलाई योगदान होस भन्ने उद्देस्यले एनसीएसएसले रास्ट्रीय सम्मान कार्यक्रमु बार्शिक रुपमा गर्दै आएको छ ।

स्व प्रमोद बज्राचार्य ल्ऋक्क् रास्ट्रीय सेवा सम्मानको पुरस्कार राशी रु २५ हजार रहेको छ । स्व प्रमोद बज्राचार्यको परिवार र एनसीएसएसको तर्फबाट रु २ लाखको अक्षय कोश स्थापना गरिएको छ । उक्त कोशबाट बार्शिक रुपमा यो सम्मान कार्यक्रम गर्ने ब्यवस्था छ ।

पुरस्कार वितरणका लागि गठन गरीएको छनोट समितिले अप्सरी बेगम, कविता कुवर र बिन्दु रावललाई प्रारम्भिक रुपमा सर्टलिस्ट गरेको थियो । उपरोक्त छनोट समितिको निर्णय अनुरुप नै सम्मान कविता कुवरलाइ प्रदान गरिएको हो ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ३ : ३८ बजे

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण