एकै परिवारका तीन जनाको काल बन्यो टाटा सुमोको यात्रा « Khabarhub

एकै परिवारका तीन जनाको काल बन्यो टाटा सुमोको यात्रा


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– सोमबार बेलुका रसुवामा टाटा सुमो दुर्घटना हुँदा एकै परिवारका तीन जनाले ज्यान गुमाए । सोमबार साँझ रसुवाको मैलुङ–स्याफ्रुबेसी सडकखण्ड अन्तर्गत कालिका गाउँपालिका–१ गुम्चेतमा बा. १० च ५८२० नम्बरको टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनमा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा पाँच जना घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर भएका कारण उपचारका लागि राति नै काठमाडौं ल्याइएको छ ।

घटनास्थलको अवस्था निकै दर्दनाक छ । टाटा सुमो जीप त्रिशुली नदी किनारमा खसेको छ । जीपबाट उछिट्टिएका दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु अवस्था हेर्न नसकिने छ । बगर किनाराका ढुंगामा बजारिएको अवस्थामा प्रहरीले दुई जनाको शव भेटाएको थियो ।

दुर्घटनामा ज्यान गुमानेहरुमा रसुवाको आमाछोदिङ्बो गाउँपालिका वडा नं ४ गोल्जुङका ३४ वर्षीया मेन्दो घले, ३२ वर्षीया साइली घले र २९ वर्षीय नोर्बु तामाङ रहेको रसुवाका प्रहरी प्रमुख (प्रहरी नायब उपरीक्षक) भागेन्द्र ढकालले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनेमा २९ वर्षीया मुनजुङ तामाङ र उनको छोरा चार वर्षीय वाङ्गेल तामाङ, तीन वर्षीय बालक निमा छेवाङ, ३४ वर्षीया देउरानी तामाङ र गाडीका चालक ३० वर्षीय निमाकामी तामाङ रहेका छन् ।

पोखराबाट रसुवा जाँदै गरेको टाटासुमो दुर्घटना भएको हाे । टाटा सुमोमा सवार सबै एकै परिवारमा सदस्य रहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ८ : १३ बजे

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति