पोर्चुगलमा भएको दुर्घटनामा नेपालका रमेशको निधन | Khabarhub Khabarhub

पोर्चुगलमा भएको दुर्घटनामा नेपालका रमेशको निधन


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिस्बन-युरोपेली देश पोर्चुगल आउनुभएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी निधन भएको छ ।

पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गत शुक्रबार स्थानीय समयानुसार राति ९:३० बजेतिर साइकलमा सवार शर्मा रिजाललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते हुँदा उपचारका क्रममा सोही राति निधन भएको हो ।

मोटर साइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर घाइते भई उपचारार्थ रहेको जनाइएको छ । शर्मा एक वर्ष अगाडि पोर्चुगल आएको लिस्बनमा रहेका उनका दाजु अमृतले जानकारी दिए ।

उनको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले जनाएको छ । दाह संस्कारका लागि आवश्यक कानूनी प्रक्रिया शुरु भइसकेको एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्कीले बताए । नेपाल सरकारका तर्फबाट गरिनुपर्ने कानूनी सहजीकरणको काम लिस्बनस्थित अवैतनिक नेपाली वाणिज्यदूतको कार्यालयले गर्ने जनाइएको छ ।

मृतकका आमाबुबासहित पाँच दाजुभाइ तथा एक दिदी हुन् । सन् २०१९ को पाँच महिनाभित्र चार नेपालीले पोर्चुगलमा विभिन्न कारणले आफ्नो ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ८ : ०५ बजे

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।

एकीकृत समाजवादीको महाधिवेशनमा माधव र झलनाथबीच भिडन्त !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र

महान्यायाधिवक्ताको राय नआउँदा कोशीमा नयाँ सरकारबारे अलमल

काठमाडौं- महान्यायाधिवक्ताले कानुनी राय दिन ढिलाइ गर्दा कोशी प्रदेशमा नयाँ

आजका समाचार : सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’देखि सुहाङको शपथसम्म

सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

पशुपति परिसरमा भेटिनुअघि वसन्तपुरमा देखिएकी थिइन् स्नेहा

काठमाडौं- चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी २० वर्षीया स्नेहा