सरकारी यातायातमा यात्रा गर्दा महिलालाई भाडा नलाग्ने ! « Khabarhub

सरकारी यातायातमा यात्रा गर्दा महिलालाई भाडा नलाग्ने !


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा लजास्पद हार व्यहोरेको आम आद्मी पार्टीले राजधानी दिल्लीमा महिलाका लागि नयाँ नियम ल्याउने भएको छ ।

दिल्ली सरकारले दिल्लीका सरकारी बसमा यात्रा गर्ने महिला यात्रुका लागि निःशुल्क सेवा दिने घोषणा गरेको हो । दिल्लीका मूख्यमन्त्री अरबिन्द केजरीवालले डीटीसी, क्लस्टर बस तथा मेट्रोमा यात्रा गर्ने महिला यात्रुलाई निःशुल्क यात्रा गराउने बताएका हुन् ।

उनले भनेका छन् यो नियम दुई देखि तीन महिना भित्र लागू गराइनेछ । कोही पैसा तिरेर यात्रा गर्न चाहन्छ भने केही छैन तर सरकारले महिलाको लागि दिएको यो सुविधा हरेकले प्रयोग गर्न पाउनेछन् ।’

यसका लागि ७ अर्ब देखि ८ अर्बसम्म खर्च लाग्ने बताइएको छ । दिल्लीका सरकारी बसमा हरेक दिन ४० देखि ५० लाख यात्रुले यात्रा गर्ने गर्दछन् । जसमध्ये ३० प्रशित महिला हुन्छन् ।

राज्य सरकारले ल्याएको यो योजनाले साना तथा पुराना गाडी विस्थापित गरी ठूला तथा नयाँ गाडी भित्राउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । यसबाट दिल्लीको ट्राफिक प्रदुषणलाई पनि कटौति गर्न मद्दत पुग्ने अधिकारीहरूले बताएका छन् ।

संयुक्त राष्ट्रसंघको वातावरण मामिला हेर्ने एक संस्थाको अध्ययन अनुसार झण्डै दुई करोड व्यक्तिको बसोबास रहेको नयाँ दिल्लीलाई प्रदुषणका हिसाबले विश्वका केही समस्याग्रस्त शहरका रूपमा हेरिने गरिएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ८ : ५३ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

हिउँ र चिसोमा हराइरहेको डोल्पा : ६ महिना न शिक्षा न स्वास्थ्य !

काठमाडौं – देश अहिले चुनावमय बनेको छ। विभिन्न राजनीतिक दलका

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा  गण्डकी

राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

बेंगलोरबाट हराएका बैतडीका एक युवक मृत भेटिए

बैतडी– भारतको बेंगलोरस्थित मत्तेकेरे क्षेत्रबाट सम्पर्कविहीन भएका बैतडीको दोगडाकेदार गाउँपालिका–३