प्रधानमन्त्रीकी छोरीसँगै पत्नी राधिकाकी छोरी पनि यार्सा संकलन गर्न लागे पाटन « Khabarhub

प्रधानमन्त्रीकी छोरीसँगै पत्नी राधिकाकी छोरी पनि यार्सा संकलन गर्न लागे पाटन


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- गाउँघरमा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने मुगु कार्मारोगं गाउँपालिका– ८ मांग्री गाउँकी ठिल्लेसाङ्मु लामा यार्सागुम्बा संकलनका लागि पाटनतिर लागेकी छिन् ।

आर्थिक अवस्था कमजोर भएर घर धन्दा चलाउन र पढाइ खर्चको जोहो गर्न आमाको साथमा यार्सा संकलनका लागि उच्च हिमाली पाटनमा गएकी हुन् ।

गत वर्षको कर्णाली रारा पर्यटक वर्ष ०७५ को शुभारम्भसँगै विद्यार्थी भर्ना अभियानको सुरुवात गरेका समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले ठिल्लेसाङ्मुको अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना गराएका थिए ।

कक्षा १ मा प्रथम भई वैशाख २ गते बुद्ध माध्यमिक विद्यालयमा कक्षा २ मा भर्ना भएकी थिल्लेसाङ्मु विद्यालय बन्दको मौका छोपी आमाको साथमा यार्सा संकलनको लागि पाटनमा गएकी ठिल्लेसाङ्मुका हजुरबुवा कार्माछेवाङ लामाले बताए ।

ठिल्लेसाङ्मु कक्षा १ मा ८३ प्रतिशत अंक ल्याएर प्रथम बनेकी हुन् । यार्सा संकलनको समयमा मुगु कार्मारोंग गाउँपालिका विद्यालय सबै बन्द छन् । सानादेखि ठूलासम्म यार्सा संकलनको लागि पाटनतिर गएकाले ठिल्लेसाङमु पनि वर्षेनी यार्सां सिजनको समयमा यार्सा टिप्न जाने गरेकी हजुरबुबा कार्माछेवाङ लामाको भनाइ छ । ठिल्लेसाङमुका बुबा छैनन् ।

उनका बुबा चार वर्ष पहिले बितेका र एक भाइ दुई बहिनी छन् । ८ वर्षीया ठिल्लेसाङमु लामा यार्सा संकलन गर्न गएको यो दोश्रो वर्ष हो । एक महिनासम्म पाटनमा बस्ने गरेको बताउँदै हजुर बुवा कार्माछेवाङ लामाले आमाछोरी गरेर एक लाखदेखि दुई लाखसम्म कमाएर ल्याउने गरेका बताए । उनी मात्र होइन, प्रधानमन्त्री पत्नी राधिका शाक्यले भर्ना गराएकी छिरिङछोन्जुङ लामा पनि यार्सा संकलनका लागि पाटनतिर गएकी छन् । उनी अहिले कक्षा ३ मा पढ्छिन । उनी पनि विद्यालय बन्दको मौका छोपी यर्सा संकलनमा गएकी हुन् । उनका पनि बुबा छैनन् ।

जिल्लाको पुर्वी क्षेत्रमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका वडा नम्बर–१ र २ मा पर्ने विभिन्न हिमाली पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन गर्न वन प्रवेश शुल्क बापत एक करोड राजस्व संकलन भएको छ ।

यार्सा संकलनका लागि जेठ १५ गते वन प्रवेश अनुमति दिइने सार्वजनिक सूचना गरिए पनि संकलकहरू ढिलो गरी वन प्रवेश गरेका हुन् । आधार शिविर शिरानीचौरमा ढिला गरी पुगेकाले जेठ १८ गते बिहान मात्र वन प्रवेश अनुमति दिइएको यार्सागुम्बा संकलन तथा व्यवस्थापन समितिका संयोजक एवं मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर–२ का अध्यक्ष कार्मा तामाङले जानकारी दिए ।

यसपटक जिल्ला बाहिरबाट एक हजार ९ सय ९० र जिल्ला भित्रबाट दुई हजार तीन सय ५३ जना यार्सा संकलक हिमली पाटन क्षेत्रमा गएका छन् । १८ गते बिहान वन प्रवेशको अनुमति दिए पनि जिल्ला भित्रका संकलकहरू अझै पनि हिँडिरहेकाले वन प्रवेश अनुमति दिने कार्य जारी रहेको मुगुम कार्मारोङ गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले जानकारी दिए । १८ गतेसम्म यार्सा संकलनका लागि वन प्रवेश शुल्कबापत ९० लाख ८१ हजार राजस्व संकलन भएको छ भने जेठ १९ गते मात्र थप ६ लाख संकलन भएको छ ।

यार्सा संकलकहरू वन प्रवेश गर्ने क्रम जारी रहेकाले राजस्वको दर एक करोड बढी हुन सक्ने वडा नम्बर–२ मुगु गाउँका सचिव गंगाप्रसाद न्यौपानेले जानकारी दिए । मुगुका उच्च हिमाली पाटन क्षेत्र रिमार, टाँके, सानो कोइकी, ठूलो कोइकी, हाङदाङ खोला, छापाखोला, च्यार्कु, माझिङथाङलगायत दर्जनौँ हिमाली पाटन क्षेत्रमा यार्सा पाइन्छ । यो वर्ष जिल्लाभित्रका स्थानीयलाई दुई हजार र जिल्लाबाहिरका लागि दुई हजार पाँच सय वनप्रवेश शुल्क तोकिएको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १० : १९ बजे

बालेन सरकार आएपछि ओली-देउवाबाट राजनीतिक नियुक्ति लिएकाको भविष्य के होला ?

काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै देशको

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका

कराते खेलाडी एरिका तमुधि यूकेकी गुडविल एम्बासडर नियुक्त

काठमाडौं– कराते खेलाडी एरिका गुरूङलाई तमुधि युकेले गुडविल एम्बास्डर घोषणा

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको