नरिवल पानीका फाइदाः तौल घटाउनेदेखि डिप्रेसन हटाउनेसम्म « Khabarhub

नरिवल पानीका फाइदाः तौल घटाउनेदेखि डिप्रेसन हटाउनेसम्म


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नरिवलको पानीमा स्वास्थ्यका निकै फाइदाजनक मानिन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि तथा गर्भवती महिलाका लागि पनि नरिवलको पानी स्वास्थ्यवर्दक मानिन्छ । गर्मीयाममा नरिवलको पानीको माग निकै हुन्छ । बिहानै नरिवल पानी पिउँदा दिनभर ऊर्जावान् भइरहन सकिन्छ । यसले शरीरमा पानीको मात्रा कमी  हुन दिँदैन ।

नरिवल पानी पिउनुका फाइदा
१. नरिवलको पानी प्रशोधित फलफुलको जुसको सट्टामा राम्रो विकल्प मानिन्छ । चिनी र क्यालोरी कम हुने हुँदा नरिवलको पानीले मधुमेहका रोगीहरूलाई औषधिको रुपमा काम गर्छ ।

२. पाचन शक्ति बढाउन पनि नरिवलको पानी उपयुक्त मानिन्छ । नरिवल पानीमा फास्फेटेस, डायसेट (एन्जाइमहरूको एक समूह जसले शरीरको चिनीलाई टुक्राएर माल्टोज बनाउने गर्छ), फोलिक एसिड, र अन्य एंजाइमहरूको उत्कृष्ट स्रोत हो जुन पाचन प्रकृयामा मद्दत पुर्‍याउँछ । डिहाइड्रेसन भएका व्यक्तिहरुका लागि पनि नरिवलको पानीबाट उपयुक्त मानिन्छ । नरिवल पानीले शरीरमा गुमाएको इलेक्ट्रोलाइट र प्लाज्मा ब्यालेन्स पुनर्स्थापना गर्ने काम गर्छ।

३ नियमित नरिवलको पानी पिउँदा कपाल झर्न रोक्ने अध्ययनले देखाएको छ । छिटो बुढो भइँदैन– नरिवलमा साइटोकिन र लौरिक एसिड पाइन्छ । यसले उमेर विरोधी गुणहरू भएको मानिन्छ। यसले छालाको पीएचलाई ब्यालेन्स गर्न मद्दत गर्दछ । यसले छालाको प्राकृतिक चमक ल्याउन मद्दत गर्दछ। नरिवल पानीले छालालाई पोषण दिनुको साथै छालालाई संक्रमणबाट बच्न मद्दत गर्छ। यसले कपाललाई आवश्यक पोषण दिएर राम्रो बनाउँछ।

४ डिप्रेसनबाट मुक्ति दिलाउन पनि नरिवलको पानी उपयुक्त मानिन्छ । रिबाफ्लाभिन, प्याथोजेनिक एसिड र थिआमिन तीन यस्ता भिटामिन हुन् जुसले व्यक्तिमा तनाव र डिप्रेसनलाई कम गर्न मद्दत गर्दछ। यी महत्त्वपूर्ण भिटामिनहरु नरिवल पानीमा पाइन्छन् ।

५. शरिरको तौल घटाउन पनि यसले मद्दत गर्छ । कम क्यालोरी भएको पेय पदार्थ हुनाले नरिवल पानी डाइटमा भएका र केही वजन घटाउन चाहने व्यक्तिहरूको लागि स्वस्थ विकल्प हो। त्यस्तै क्यल्सियमको उत्कृष्ट स्रोत रहेको नरिवल पानीले तपाईंको हड्डीलाई मजबूत र स्वस्थ राख्न मद्दत गर्दछ। नरिवल पानी पोटासियमको राम्रो स्रोत भएकोले मांसपेशीको पीडालाई कम गर्न सहयोग गर्दछ।

६. मिर्गौलाको पत्थरी गायव– नरिवल पानी मिर्गौलाको पत्थरीको समस्या समाधान गर्न एक प्राकृतिक तरिका हो। नरिवल पानीमा धेरै मात्रामा पाइने पोटासियमले पत्थरीलाई निको पार्नुको साथै फेरि पत्थरी हुन नदिन पनि मद्दत गर्छ ।

७. रक्तचापलाई सन्तुलित राख्न नरिवल पानी उपयुक्त मानिन्छ । उच्च रक्तचाप भएको मानिसको लागि वरदान नै हो। नरिवल पानीमा पाइने पोटासियम र म्याग्नेसियम जस्ता मिनिरलहरुको साथै भिटामिन–‘सी’ ले रक्तचाप स्वस्थ राख्न मद्दत गर्दछ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १० : ५६ बजे

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु