आमालाई क्यान्सर– छोराका दुवै मिर्गौलामा समस्या, सहयोगका लागि गुहार माग्दै बुहारी « Khabarhub

आमालाई क्यान्सर– छोराका दुवै मिर्गौलामा समस्या, सहयोगका लागि गुहार माग्दै बुहारी


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोहलपुर– आमा फोक्सोको क्यान्सरबाट पीडित छन् । छोरालाई मिर्गौलासम्बन्धी रोगले सताएको छ ।

यो पीडा हो, बाँकेको राप्ती सोनारी गाउँपालि–७ लापुरकी ६० वर्षीया तुलसा शाही र २४ वर्षीया हिरेन्द्रको ।

तुलसा लामो समयदेखि फोक्सो क्यान्सरबाट पीडित छन् । आर्थिक समस्याका कारण उनले उपचार गर्न पाएकी छैनन् । यसमाथि झन् २४ वर्षीया छोराका दुवै मिर्गौलामा समस्या देखिएको छ ।

दुवै जना गम्भीर रोगबाट पीडित भएपछि उपचार गर्न समस्या भएको हिरेन्द्रकी भाउजु बिमलाले बताइन् । बिमलाका अनुसार तुलसा लामो समयदेखि बिरामी थिइन् ।

गत असोजमा स्वास्थ्य संस्थामा जाँच गराउँदा उनमा फोक्सोको क्यान्सर भएको देखियो । भारतमा मजदुरी गर्दै आएका हिरेन्द्रलाई मिर्गाैलाको समस्या देखिएको हो ।

‘सासु र देवरको उपचार गराउँदैमा सवै रकम सकियो,’ बिमलाले भनिन्, ‘अहिले पनि ५ लाख जति ऋण लागेको छ । रोग भने निको भएको छैन ।’

विभिन्न सहयोगी व्यक्तिको भरतमा हिरेन्द्रको डायलसिस गराउँदै आएको बिमलाले सुनाइन । हिरेन्द्रको अहिले बाँकेको कोलपुरस्थित मेडिकल कलेजमा डायलसिस भइरहेको बिमलाले बताइन् ।

क्यान्सर पीडित तुलसालाई दुई पटकसम्म ‘किमो’ गरिएको छ । ‘अहिले आर्थिक अभावका कारण उपचार गर्न सकिएको छैन,’ बिमलाले सुनाइन् ।

देवर र सासुको उपचारका लागि भनेर बिमला अहिले विभिन्न निकाय तथा व्यक्तिसमक्ष सहयोगका लागि गुहार्दै आएकी छन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ११ : ४० बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी