आमालाई क्यान्सर– छोराका दुवै मिर्गौलामा समस्या, सहयोगका लागि गुहार माग्दै बुहारी « Khabarhub

आमालाई क्यान्सर– छोराका दुवै मिर्गौलामा समस्या, सहयोगका लागि गुहार माग्दै बुहारी


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोहलपुर– आमा फोक्सोको क्यान्सरबाट पीडित छन् । छोरालाई मिर्गौलासम्बन्धी रोगले सताएको छ ।

यो पीडा हो, बाँकेको राप्ती सोनारी गाउँपालि–७ लापुरकी ६० वर्षीया तुलसा शाही र २४ वर्षीया हिरेन्द्रको ।

तुलसा लामो समयदेखि फोक्सो क्यान्सरबाट पीडित छन् । आर्थिक समस्याका कारण उनले उपचार गर्न पाएकी छैनन् । यसमाथि झन् २४ वर्षीया छोराका दुवै मिर्गौलामा समस्या देखिएको छ ।

दुवै जना गम्भीर रोगबाट पीडित भएपछि उपचार गर्न समस्या भएको हिरेन्द्रकी भाउजु बिमलाले बताइन् । बिमलाका अनुसार तुलसा लामो समयदेखि बिरामी थिइन् ।

गत असोजमा स्वास्थ्य संस्थामा जाँच गराउँदा उनमा फोक्सोको क्यान्सर भएको देखियो । भारतमा मजदुरी गर्दै आएका हिरेन्द्रलाई मिर्गाैलाको समस्या देखिएको हो ।

‘सासु र देवरको उपचार गराउँदैमा सवै रकम सकियो,’ बिमलाले भनिन्, ‘अहिले पनि ५ लाख जति ऋण लागेको छ । रोग भने निको भएको छैन ।’

विभिन्न सहयोगी व्यक्तिको भरतमा हिरेन्द्रको डायलसिस गराउँदै आएको बिमलाले सुनाइन । हिरेन्द्रको अहिले बाँकेको कोलपुरस्थित मेडिकल कलेजमा डायलसिस भइरहेको बिमलाले बताइन् ।

क्यान्सर पीडित तुलसालाई दुई पटकसम्म ‘किमो’ गरिएको छ । ‘अहिले आर्थिक अभावका कारण उपचार गर्न सकिएको छैन,’ बिमलाले सुनाइन् ।

देवर र सासुको उपचारका लागि भनेर बिमला अहिले विभिन्न निकाय तथा व्यक्तिसमक्ष सहयोगका लागि गुहार्दै आएकी छन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ११ : ४० बजे

कांग्रेस महाधिवेशन पद व्यवस्थापनका लागि मात्र होइन, आत्मसमीक्षा गर्ने थलो हो : उपसभापति भुसाल

काठमाडौँ – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको जारी १५औँ

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन