१५ जिल्लाका सीडीओको सरुवा, को कहाँ पुगे ? « Khabarhub

१५ जिल्लाका सीडीओको सरुवा, को कहाँ पुगे ?


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । गृहमन्त्रालयले सरुवा भएका सीडीओको सूची सार्वजनिक गरेको छ । गृहका अनुसार काभ्रेको सीडीओका रुपमा सह–सचिव उदय बहादुर रानामगरको सरुवा भएको छ ।

त्यस्तै अर्जुन प्रसाद पोखरेललाई रुपन्देही पठाइएको छ । गजेन्द्र बहादुर श्रेष्ठलाई कपिलवस्तुको सीडीओ बन्ने छन् भने नुवाकोटको सीडीओका रुपमा द्रोण पोखरेल सरुवा भएका छन् ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी सह–सचिव उद्धवबहादुर थापालाई गृह मन्त्रालय तानिएको छ । त्यसैगरि कृष्णबहादुर राउतलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ।

गृह–मन्त्रालयले ८ जना उप–सचिवलाई कायममुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको छ । जसअन्तर्गत उप–सचिव रुद्र प्रसाद पण्डित तनहुँ, गोपाल कुमार अधिकारी सिराह, टेक नारायण पौडेल डोटी, शम्भुप्रसाद मरासिनी नवलपरासी बर्दघाट सुस्ता पीश्चम, विष्णुकुमार कार्कि नवलपरासी बर्दघाट सूस्ता पुर्व, जनार्दन गौतम सिन्धुली, देवेन्द्र लामिछाने गोरखा र ध्रुव कुमार खड्कालाई उदयपुरको कामु प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ ।

रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारीमा उपेन्द्रराज पौड्यालको सरुवा भएको छ। कल्पना घिमीरे नेपाललाई पर्वत र लक्ष्मण ढकाललाई रोल्पा पठाइएको छ । गृह-मन्त्रालय र मातहतमा कार्यरत सह-सचिव र उपसचिव गरी २३ जना कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

सरुवा भएका कर्मचारीको सूची हेर्नुहोस्

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १२ : १० बजे

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली

युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो

काठमाडौँ – युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट