युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो « Khabarhub

युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच हुने तय भएको प्रतिष्ठित ‘फाइनलिसिमा’ फुटबल खेल युद्धका कारण रद्द भएको छ।

आगामी २६ मार्चमा कतारमा आयोजना गर्ने योजना बनाइएको खेलका लागि युरोपियन फुटबल महासंघ (युएफा) र दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) ले तयारी गरिरहेका थिए। तर क्षेत्रीय राजनीतिक परिस्थितिका कारण कतारमा खेल आयोजना गर्न सम्भव नभएको हो ।

युएफाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘क्षेत्रको वर्तमान राजनीतिक अवस्थाका कारण कतारमा योजना अनुसार फाइनलिसिमा आयोजना गर्न सम्भव भएन। अन्य सम्भावित विकल्पहरू पनि खोजियो तर अन्ततः ती सबै अर्जेन्टाइन फुटबल संघलाई स्वीकार्य भएनन्।’

दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) र अर्जेन्टाइन फुटबल संघ (एएफए) ले संयुक्त विज्ञप्ति जारी गर्दै ३१ मार्चमा खेलाउने वैकल्पिक मिति प्रस्ताव गरिएको जानकारी दिएका छन्। तर यो मिति पनि स्वीकृत नभएपछि खेल अन्ततः रद्द गरिएको हो।

विज्ञप्तिअनुसार, एएफएले २७ मार्चमा इटालीको तटस्थ मैदानमा खेल आयोजना गर्ने प्रस्ताव प्राप्त गरेको थियो। अर्जेन्टिनाले त्यसमा सहमति जनाएको भए पनि मिति परिवर्तन गरी ३१ मार्च गर्न सुझाव दिएको थियो। तर युएफाले मूल प्रस्तावभन्दा चार दिन ढिलो गरी खेल आयोजना गर्न सम्भव नभएको बताउँदै खेल रद्द गर्ने निर्णय गरेको हो।

युएफाका अनुसार अर्जेन्टिनाले विश्वकपपछि खेल आयोजना गर्ने अर्को प्रस्ताव पनि दिएको थियो। तर स्पेनको तालिकामा खाली मिति नभएकाले त्यो विकल्प पनि सम्भव भएन।

स्पेनी फुटबल संघले भने खेल आयोजना गर्न आफूहरूले ‘गम्भीर प्रयास’ गरेको जनाएको छ। संघले स्पेनमै वा तटस्थ मैदानमा जुनसुकै स्वरूपमा खेलाउन तयार रहेको बताएको थियो।

उता, मध्यपूर्वमा जारी द्वन्द्वका कारण आगामी अप्रिलमा हुने तय भएका बहराइन र साउदी अरेबियाका फर्मुला–१ ग्रान्ड प्रिक्स प्रतिस्पर्धा पनि रद्द गरिएका छन्। फर्मुला–१ ले क्षेत्रीय सुरक्षाका कारण प्रतियोगिता आयोजना गर्न सुरक्षित नभएको जनाएको छ।

चार वर्षमा एक पटक आयोजना हुने फाइनलिसिमा प्रतियोगिता युएफा र कोनमेबोलको संयुक्त आयोजनामा हुने गर्छ। यसको पछिल्लो संस्करण सन् २०२२ मा लन्डनको वेम्बली रंगशालामा भएको थियो, जसमा अर्जेन्टिनाले उपाधि जितेको थियो।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ८ : ५१ बजे

एमाले पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित