पीएम कपबाट बाहिरिएको सुदूरपश्चिम गण्डकीसँगको अन्तिम खेलमा ४ विकेटले विजयी « Khabarhub

पीएम कपबाट बाहिरिएको सुदूरपश्चिम गण्डकीसँगको अन्तिम खेलमा ४ विकेटले विजयी


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले सान्तवना जित निकालेको छ । मुलपानीस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशमाथि ४ विकेटको जीत हात पार्दै शुखद् अन्त्य गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको गण्डकी प्रदेशबाट ९० रनको लक्ष्य पाएको सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो  ।

सुदूरपश्चिमका लागि आकाश चन्दले २९ रन बनाउँदा नरेन्द्र साउद २३ तथा लोकेश बलले १३ रन बनाए ।

सुदूरपश्चिम प्रदेशविरुद्ध गण्डकी प्रदेशका लागि किसोर महतोले ३ विकेट लिए । विपिन खत्रीले २ तथा दिपेश श्रेष्ठले १ विकेट लिए ।

यसअघि, पहिला ब्याटिङ गरेको गण्डकी प्रदेश ८९ रनमा अलआउट भएको थियो । गण्डकीका लागि राहुल शर्माले सर्वाधिक ४१ रन बनाएका थिए । किशोर महतोले १४ तथा आकाश थापाले १२ रन जोडेका थिए ।

गण्डकीका खेलाडीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका विनोद लामाले ५ विकेट लिए । शेर मल्ल र महेश अधिकारीले २–२ विकेट लिँदा नरेन्द्र साउदको नाममा १ विकेट रह्यो ।

सान्त्वना जीतसहित समूह ए बाट सुदूरपश्चिम, गण्डकी प्रदेश र पाँच नम्बर प्रदेश बाहिरिँदा विभागीय क्लब एपिएफ र प्रदेश ३ सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट नेपाल पुलिस र आर्मीले अन्तिम चारमा स्थान बनाएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  २ : ३१ बजे

कांग्रेसले तयार पार्‍यो क्रियाशील सदस्यता वितरणको मापदण्ड

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता वितरणको

भोजपुरमा एमालेलाई झट्का, युवा नेता ध्रुव राई हर्कको श्रम संस्कृति पार्टीतिर

काठमाडौं– नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्य तथा भोजपुरका युवा

विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौं – विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक