मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्जमा १२० भिडियो आवेदन | Khabarhub Khabarhub

मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्जमा १२० भिडियो आवेदन


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हामी उठ्ने छौँ फाउण्डेशनले आयोजना गरेको मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेन्जमा १२० भिडियो आवेदन परेको छ ।
संस्थाले नेपालका गाउँको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको भिडियो च्यालेन्समा सबै प्रदेशबाट भिडियो प्राप्त गरेको संस्थाका निर्देशक निर्मल श्रेष्ठले खबरहबलाई बताए ।

संस्थाले प्राप्त भिडियोमध्ये उत्कृष्ट २० भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने जानकारी दिएको छ । उत्कृष्ट भिडियो, पिपुल्स च्वाइस अर्वाड, उत्कृष्ट सम्पादन र उत्कृष्ट पटकथामा सम्मानित गर्ने संस्थाले जनाएको छ ।

उत्कृष्ट भिडियो र पिपुल्स च्वाइस अवार्डले १ लाख नगद पुरस्कार, उत्कृष्ट सम्पादनले २५ हजार, उत्कृष्ट पटकथा २५ हजार, उत्कृष्ट भिडियो दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट भिडियो र पिपुल्स च्वाइस अवार्डका विजेताले नेपाल फिल्म एकेडेमीबाट २ लाख बराबरको छात्रवृत्ति पनि प्रदान गरिनेछ ।

यस भिडियो च्यालेन्जको निर्णायक मण्डलमा वृत्तचित्र निर्देशक छिरिङ्ग रितार शेर्पा, लेखक मोहन मैनाली, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशी, वरिष्ठ ध्वनी विज्ञ प्रदीप उपाध्याय र चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार रहेका छन् । संस्थाले एक कार्यक्रममको आयोजना गरी विजेतालाई असार १६ गते पुरस्कृत गर्दैछ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  २ : ४० बजे

बत्तीसपुतलिमा संस्थापन पक्षको भेला 

काठमाडौं– नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरु भएको छ

फुटबल खेलाडीहरूले आफ्नो मेडल एन्फालाई उपहार दिएपछि…

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच

विभिन्न हतियारसहित एक जना पक्राउ

काठमाडौं– तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१

सुदन गुरूङको आक्रोश : गृहमन्त्री ओमप्रकाश अर्यालले अब राजीनामा दिनुपर्छ 

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-६ बस्ने जुम्ला