मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्जमा १२० भिडियो आवेदन « Khabarhub

मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्जमा १२० भिडियो आवेदन


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हामी उठ्ने छौँ फाउण्डेशनले आयोजना गरेको मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेन्जमा १२० भिडियो आवेदन परेको छ ।
संस्थाले नेपालका गाउँको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको भिडियो च्यालेन्समा सबै प्रदेशबाट भिडियो प्राप्त गरेको संस्थाका निर्देशक निर्मल श्रेष्ठले खबरहबलाई बताए ।

संस्थाले प्राप्त भिडियोमध्ये उत्कृष्ट २० भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने जानकारी दिएको छ । उत्कृष्ट भिडियो, पिपुल्स च्वाइस अर्वाड, उत्कृष्ट सम्पादन र उत्कृष्ट पटकथामा सम्मानित गर्ने संस्थाले जनाएको छ ।

उत्कृष्ट भिडियो र पिपुल्स च्वाइस अवार्डले १ लाख नगद पुरस्कार, उत्कृष्ट सम्पादनले २५ हजार, उत्कृष्ट पटकथा २५ हजार, उत्कृष्ट भिडियो दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट भिडियो र पिपुल्स च्वाइस अवार्डका विजेताले नेपाल फिल्म एकेडेमीबाट २ लाख बराबरको छात्रवृत्ति पनि प्रदान गरिनेछ ।

यस भिडियो च्यालेन्जको निर्णायक मण्डलमा वृत्तचित्र निर्देशक छिरिङ्ग रितार शेर्पा, लेखक मोहन मैनाली, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशी, वरिष्ठ ध्वनी विज्ञ प्रदीप उपाध्याय र चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार रहेका छन् । संस्थाले एक कार्यक्रममको आयोजना गरी विजेतालाई असार १६ गते पुरस्कृत गर्दैछ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  २ : ४० बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा