अस्पतालले बिरामी रेफर गरे ५ लाख जरिवाना ! « Khabarhub

अस्पतालले बिरामी रेफर गरे ५ लाख जरिवाना !


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– यदि कुनै अस्पतालले आफूले उपचार गर्नसक्ने अवस्थामा पनि बिरामीलाई अन्यत्र अस्पतालमा रिफर गरे उक्त अस्पताललाई जरिवाना हुने भएको छ ।

प्रदेश नम्बर २ सरकारले अनावश्यक रेफर गर्ने अस्पताललाई कारबाही गर्न यस्तो कानून ल्याउन लागेको हो ।

प्रदेश सरकारले ल्याउन लागेको कानून अनुसार आफूले उपचार गर्न सक्ने अस्पतालले बिरामी अन्यत्र पठाएमा ५ लाख रुपैयाँसम्म जरिवाना हुने छ ।

प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले चिकित्सा क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न यस्तो कानून ल्याउन लागिएको बताए ।

प्रदेशसभा वैठकमा पेश गरिएको उक्त विधेयकमा स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीलाई उपचारको व्यवस्था हुँदाहँुदै अर्को अस्पतालमा उपचारका लागि पठाएमा २५ हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको मन्त्री साहले जानकारी दिए ।

उक्त विधेयकमा अनुमति नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएमा १ लाखसम्म जरिवाना र सो संस्था बन्द गराउने व्यवस्थासमेत रहेको मन्त्री साहले बताए ।

यसैगरी सो विधेयकमा दर्ता नगरी स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सक वा व्यक्तिलाई २५ हजारदेखि १ लाखसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ ।

ग्रामीण क्षेत्रमा धामी, झाँक्री आफू रोगको उपचार गर्ने व्यक्ति भएको भनेर बिरामीलाई अल्झाएर राख्ने र अन्तिम समयमा अस्पताल पु¥याउँदा बिरामीको मृत्यु हुने भएकाले त्यस्ता धामी, झाँक्रीलाई कानूनको दायरामा ल्याउनसमेत व्यवस्था गरिने गरी विधेयक ल्याउन लागिएको जनाइएको छ ।

हालसम्म प्रदेश २ को संसद्मा प्रस्तुत भएको ३६ वटा विधेयकमध्ये १६ वटा विषयगत विधेयक पारित भएको प्रदेश २ का न्यायाधिवक्ता दीपेन्द्र झाले बताए ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ३ : ०२ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय