यस्ता पनि हेडमास्टर– लेखापालको हस्ताक्षर किर्ते गरेर ८ लाख झ्वाम ! « Khabarhub

यस्ता पनि हेडमास्टर– लेखापालको हस्ताक्षर किर्ते गरेर ८ लाख झ्वाम !


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको राम्नाकोटस्थित जनता माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक जयलाल न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन प्रधानाध्यापक न्यौपानेले २०७० मंसिरदेखि २०७२ भाद्रसम्म शिक्षकको तलब, विद्यार्थीको छात्रबृत्ति, दिवा खाजा तथा विद्यालय भवनको निर्माण गर्ने ज्यामिका ज्यालाबापतको रकम हिनामिना गरेको आरोपमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार तत्कालीन प्रधानाध्यापक न्यौपानेले विद्यालयका लेखापालको हस्ताक्ष किर्ते गरी विद्यालयको खाताबाट रकम झिकि अनियमितता गरेका हुन् । न्यौपानेले विद्यालयको खाताबाट १७ लाख ४६ हजार ७ सय ३१ रुपैयाँ झिकेका थिए । जसमध्ये ९ लाख १५ हजार खातामा जम्मा गरेकोमा बाँकी ८ लाख ३१ हजार ७ सय ३१ रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले न्यौपानेविरुद्ध ८ लाख ३१ हजार ७ सय ३१ रुपैयाँ बिगो तथा जरिवाना र सजाय मागदावी गर्दै मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ५ : ४३ बजे

विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ

काठमाडौं– रसुवा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

मेक्सिको- मेक्सिकोको मध्य क्षेत्रमा रहेको मेक्सिको राज्यको टेमास्काल्सिङ्गो नगरपालिकामा धार्मिक पर्वका

दुई नायिकाको फ्लप डेब्यू

काठमाडौं – नायिकाको प्राइम करिअर ओझेलमा परेपछि प्रियंका कार्की र

पाक्नै लागेको धानबाली नष्ट, भक्तपुरका किसान दुःखी

भक्तपुर– गए राति परेको अविरल वर्षाका कारण पाक्नै लागेको धानबालीमा