पीएम कप क्रिकेट: प्रदेश ३ सहित तीन विभागीय टोली सेमिफाइनलमा « Khabarhub

पीएम कप क्रिकेट: प्रदेश ३ सहित तीन विभागीय टोली सेमिफाइनलमा


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा तीन वटा विभागीय टोली र प्रदेश–३ ले स्थान बनाएका छन् । सेमिफाइलनको पहिलो खेल बुधबार हुनेछ ।

जसमा समूह ए को विजेता प्रदेश नम्बर ३ र समूह वी को उपविजेता त्रिभुवन आर्मी क्लबले पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् भने बिहीबार समूह ए को उपविजेता शसस्त्र प्रहरी बलको एपीएफ क्लब र समूह बी को विजेता नेपाल पुलिसबीच फाइलन प्रवेशका लागि भिडन्त हुनेछ ।

नेपालमा हुने एक मात्र एकदिवसीय क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका अधिकांश खेलाडीले खेलेका छन् । उनीहरु विभिन्न टिमबाट प्रतियोगिताबाट सहभागी भइरहँदा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल, प्रदेश नम्बर ३ बाट खेलिरहेका छन् ।

नेपाली खेलकुदमा महत्वपूर्ण भूमिका खेलेका विभागिय क्लबहरुले अधिकाशं प्रतियोगितामा उपाधि उचाल्दै आएका छन् । कतिपय प्रतियोगिताहरुमा त विभागीय टोलीबीच नै कडा प्रतिस्पर्धा हुने गरेको छ ।

पीएम कप क्रिकेटमा पनि सेमिफाइनलमा ३ विभागीय टोली पुग्दा प्रदेशतर्फको प्रतिनिधित्व प्रदेश नम्बर ३ ले गरिरहेको छ । कप्तान खड्का र उपकप्तान मल्ल रहेको प्रदेश ३ समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

सेमिफाइनलमा अन्य तीनवटै टोली विभागीय रहेका छन् । यसर्थ प्रदेश ३ लाई प्रादेशिक टिमहरुमा सबैभन्दा बलियो टोलीका रुपमा हेरिएको छ भने प्रदर्शन पनि उत्तिकै राम्रो गरेको छ । कप्तान र उपकप्तानले प्रदेशको टिमबाट खेल्नुका पछाडि उनीहरुले प्रादेशिक टोलीलाई बलियो बनाउने लक्ष्य रहेको यसअघि नै बताइसकेका छन् ।

प्रतियोगितामा अन्य प्रादेशी टोलीमा प्रदेश नम्बर ५ र प्रदेश नम्बर २ ले समान दुई खेल जित्दा सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर १ ले मात्रै एक खेल जिते भने गण्डकी प्रदेशको टोली र कर्णाली प्रदेशले प्रतियोगितामा एउटा पनि खेल जित्न सकेनन् ।

यसको मतलब, देशभरका उत्कृष्ट खेलाडीहरु विभागीय टोलीमा रहँदा प्रादेशिक टोलीले आफ्नो पक्षमा नतिजा पार्न असफल रहे । पीएम कप क्रिकेटमा राष्ट्रिय टोलीका खेलाडीहरुको प्रदर्शन औसत रहेको छ । कप्तान खड्का र दीपेन्द्रसिंह ऐरीले बलिङमा राम्रो गरेका छन् ।

जसमा ऐरीले ४ खेलमा १३ विकेटसहित शीर्ष स्थानमा रहँदा ललित नारायण राजवंशी १२ विकेटसहित दोस्रो स्थानमा छन् । यस्तै, कप्तान खड्काले १० विकेट लिएका छन् ।

समूह चरणमा खेलाडीहरुको प्रदर्शन

एकै खेलमा धेरै रन प्रहार गर्ने ५ खेलाडी
नाम                     रन
ज्ञानेन्द्र मल्ल        ११७
अनिल गुरुङ       ११५
अमित श्रेष्ठ           १०६
सुमित महर्जन      ९४
राजु रिजाल          ९०

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ५ : ५६ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि