मुसामा लाग्ने किराको टोकाईले यस्तो रोग लाग्छ, सचेत रहनुस् « Khabarhub

मुसामा लाग्ने किराको टोकाईले यस्तो रोग लाग्छ, सचेत रहनुस्


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तपाईको घरमा मुसा छ ? सचेत रहनुस् तपाईको घरमा भएको मुसामा कुनै रोग छ भने त्यसबाट तपाईमा स्क्रब टाईफस भन्ने रोग लाग्नसक्छ । यदी तपाईको घरमा रहेको मुसामा किर्ना जस्तो देखिने सानो किरा परेको छ भने सो किराको टोकाईबाट तपाईमा स्क्रब टाईफस सर्ने सम्भावना हुन्छ ।

स्क्रब टाईफस एक किसिमको सरुवा रोग हो । प्रया मुसा बस्ने खेतवारी, वन, घर वरीपरी झाडी हुने ठाउँमा यो किरा हुने गर्छ ।
यसको टोकाइबाट स्क्रब टाईफस भएमा मानिसमा विभिन्न किसिमको लक्षणहरु देखिन्छ ।

स्क्रब टाईफसका लक्षण

–धेरै ज्वरो आउनु,

–टाउको धेरै दुख्नु,

–पसिना धेरै आउनु,

–आँखा रातो हुनु,

–झाडापखाला लाग्नु,

–किराले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु,

– किराले टोकेको ठाउँमा कालो दाग बस्नु ।

यो रोग लागेमा समयमा उपचार नभएमा कडा खालको श्वास प्रश्वासका समस्याहरु हुन सक्छ । दम बढेर श्वास फेर्न गाह्रो भई बिरामी सिकिस्त हुने र शरीरका मुख् अङ्गहरुले काम गर्न छाडेर मृत्यु नै हुने जोखिम समेत रहन्छ ।

स्क्रब टाईफसबाट बच्ने उपाय

–खेतवारीमा काम गर्दा, झाडीमा जाँदा वा घास काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने,

– सम्भव भएसम्म बुट लगाउने,

–सकेसम्म घाँसवारी वा चउरमा नबस्ने, बस्नै परे गुन्द्री ओछ्याएर बस्ने,

–सम्भव भएसम्म भुँइमा नबस्ने,

– खाट वा अग्लो स्थानमा बस्ने, सुत्ने,

–घर वरपर झाडी तथा घाँस  बढ्न नदिने,

–घर, गोठमा मुसा नियन्ण गर्ने ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ८ : ०८ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने