निर्वाचित वडाध्यक्ष २ लाख ७५ हजार घुस लिँदा लिँदै रंगेहात पक्राउ « Khabarhub

निर्वाचित वडाध्यक्ष २ लाख ७५ हजार घुस लिँदा लिँदै रंगेहात पक्राउ


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् ।

वडा नम्बर ६ का निर्वाचित वडाध्यक्ष रामजीप्रसाद बरै २ लाख ७५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।

वडाध्यक्ष बरैले सांसद विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बुबुआइनको कम्पाउण्ड वाल बनाउन उपभोक्त समिति काम शुरु गर्ने बहानामा घुस मागेका थिए ।

वडाध्यक्ष बरैले घुस मागिरहेको भन्ने पूर्वसूचनाका आधारमा अख्तियार दुरुपायोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट गएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

वडाध्यक्ष बरैसहित उनकै वडाका अर्का एक जना मुसहर बैठालाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।

दुवैजनालाई घुस लिँदा लिँदै बाराको कलैया उपमहानगरपालिका–७ स्थित दूर्गा माध्यमिक विद्यालयका हाताबाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ८ : ३७ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै