संसदीय राजनीतिबाट सिके राउतको बिदाइ « Khabarhub

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

‘पार्टी र साथीको दबाबमा दुई पटक निर्वाचन लडेँ’


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन्। सोमबार एक वक्तव्य जारी गर्दै उनले पदको राजनीतिबाट टाढा रहे पनि पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिने र जनताका लागि संघर्ष गरिरहने बताए ।

डा. राउतले आफ्ना विगतका अनुभव साझा दुई पटक व्यक्तिगत इच्छा विपरीत संसदीय निर्वाचन लडेको उल्लेख गरेका छन्। २०७९ सालको निर्वाचनमा आफू नलड्ने विचार राख्दा पनि पार्टीलाई राष्ट्रिय पार्टी बनाउन साथीहरूको आग्रहमा उठ्नुपरेको र सो निर्णय सही सावित भएको उनले बताएका छन्।

त्यसै गरी, हालै सम्पन्न २०८२ को निर्वाचनमा पनि आफू उम्मेदवार नबन्ने पक्कापक्की भए पनि अन्तिम क्षणमा कार्यकर्ताको मनोबल गिर्न नदिन चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ। “कतिखेर संसदीय र पदको राजनीतिबाट विश्राम लिऔँ भनेर मौका खोज्दाखोज्दै २०८२ को निर्वाचन नलड्ने पक्कापक्की थियो,” उनले भनेका छन्, “तर साथीभाइको सल्लाह मान्दै उठेर ठीक गरेछु भन्ने लाग्छ।”

आफूमा पदको लोभलालच नपलाओस् र मायाजालमा नअल्झिऊँ भन्ने उद्देश्यले सार्वजनिक रूपमै संसदीय राजनीतिबाट टाढा रहने निर्णय लिएको डा. राउतले स्पष्ट पारेका छन्। उनले भनेका छन्, “यसको मतलब राजनीतिबाट गायब भएको होइन। राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेन्डालाई निरन्तर अगाडि बढाउँदै जनताको सेवामा रहने नै छु।”

आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि पार्टीलाई तयारी गराउन आफू प्रतिबद्ध रहेको र अधिकार एवं पहिचानको लडाइँमा सदैव जनताको साथमा रहने उनले बताए। उनले आफ्नो सन्देशको अन्त्यमा दुष्यन्त कुमारको चर्चित शेर उद्धृत गर्दै ‘आगो बलिरहनुपर्ने’ भाव व्यक्त गरेका छन्।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ११ : ११ बजे

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान