नक्कली किम जोङ उनको मालामाल कमाइ ! « Khabarhub

नक्कली किम जोङ उनको मालामाल कमाइ !


१९ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मानिसको दैनिकी कतिबेला कुन शीर्षकमा कता फर्कंन्छ पत्तै नहुने । यस्तै भएको २ कलाकारलाई । उनीहरु दुवैले एक विश्व चर्चित नेताको नक्कल गरेर आम्दानी बढाएका छन् । अर्थात दिनमै १५ लाख बढी कमाउँछन् । यसरी अथाह कमाउने २ व्यक्ति हुन हङकङका राजनीतिक व्यंग्यकार हावर्ड एक्स र दक्षिण कोरियाका मिनयोङ किम।

यी दुवै कलाकार नै हुन् । उनीहरुले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको नक्कलबाटै अथाह सम्पत्ति कमाएको बीबीसीले उल्लेख गरेको छ।

विश्वमा चर्चित भएका उन कसरी २ कलाकारका लागि अहो भाग्य बने? कसरी उनीहरुले मालामाल कमाइ गर्छन् । यसको एकदमै रोचक प्रस‌ंग छ ।

आणविक युद्धको चेतावनी, शान्ति प्रक्रियामा जान गरेको सम्झौता । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमसँग धम्कीपूर्ण शाब्दीक लडाइँ र पछिल्लो समयको भेटघाटको विषयले जति उन चर्चामा छन् त्यतिनै हावर्ड र मिनयोङको कमाइ हुने गरेको छ ।

यो दैनिकी उनीहरुले ६ वर्षदेखि बिताइरहेका छन् । खुसी साथै दुवैले भन्छन्, ‘उनले जे गरे पनि हामीलाई फाइदा हुने हो । चाहे उनको क्षेप्यास्त्रको कुरा होस या ट्रमलाई दिने धम्कीको नै किन नहोस्।’

धेरै धनाढ्य व्यक्ति सहभागी भएको पार्टी र ठूला भोजमा पनि उनीहरुको सहभागिता हुने गरेको छ । उनीहरु सँधै नै उनकै क्यारिकेचरमा दुनियाँलाई हसाउने कलाकार बनेका छन् ।

दुवैको उन बन्ने सोच झन्डै उस्तै उस्तै नै देखिएको छ । दुवैले कपाल मिलाउन र ड्रेसअपका लागि मेहनत गर्नु परेको सुनाएका थिए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  ८ : ५४ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर