कोपा अमेरिका-पेरु र ब्राजिल फाइनलमा भिड्ने « Khabarhub

कोपा अमेरिका-पेरु र ब्राजिल फाइनलमा भिड्ने


१९ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिलसँग पेरुको भेट पक्का भएको छ । आज (बिहीबार) बिहान भएको दोस्रो सेमिफाइनल खेलमा पेरुले साविक विजेता चिलीलाई ३–० गोल अन्तरले परािजत गर्दै फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो ।

यसअघिका दुई संस्करणमा उपाधि हात पारेको चिली यो संस्करणमा पनि बलियो टोलीका रुपमा हेरिएको थियो । तर, पेरुले हराएसँगै चिलीको यो वर्षको यात्रा कोपामा सकिएको छ ।

चिलीविरुद्ध पेरुले खेलको २१ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । पेरुका लागि पहिलो गोल इडिन्सन फ्लो्रेजले गरेका थिए । त्यस्तै, खेलको ३८ औं मिनेटमा योसिमार योटुनले गोल गर्दै चिलीविरुद्ध दोहोरो अग्रता बनाएका थिए भने खेलको इन्जुरी समयमा गोल गर्दै पाओलो गुर्रेरोलेले गोल गर्दै टिमलाई ३-० को गोल दिलाएका थिए ।

योसँगै कोपाको फाइनलमा पुग्ने ब्राजिलले सोमबार पेरुसँग उपाधिका लागि खेल्नेछ । ब्राजिलले बुधबार अर्जेन्टिनालाई पराजित गर्दै कोपाको फाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  १० : ३१ बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको