सुडान घोटाला प्रकरणमा दोषी ठहर पूर्व आईजी ठकुरी अदालतमा आत्मसमर्पण गर्दै | Khabarhub Khabarhub

सुडान घोटाला प्रकरणमा दोषी ठहर पूर्व आईजी ठकुरी अदालतमा आत्मसमर्पण गर्दै


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजी) रमेश चन्द ठकुरी २ वर्षपछि आज (बिहीबार) अदालतमा आत्मसमर्पण गर्ने भएका छन् ।

सर्वोच्च अदालतकी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको १७ वैशाख २०७४ को इजलाशले पूर्व आइजी ठकुरीलाई दोषी ठहर गरेको थियो ।

सुडान घोटाला प्रकरणमा ठकुरीका अतिरिक्त प्रहरीका पूर्व आइजी ओमविक्रम राणा, हेमबहादुर गुरुङ तथा पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम सिंह थापा र दिपसिंह थाङ्देनसमेतलाई दोषी ठहर गरेको थियो ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत सुडानको डार्फरमा नेपाल प्रहरीबाट खटाइएको फर्मड् पुलिस युनिट (एफपीयू) का लागि आवश्यक पर्ने बख्तरबन्द गाडी (एपीसी), नाइट भिजन, मोबाइल हाउस, वाटर ट्रिटमेन्ट, वाटर ट्याङ्कर लगायतका समान खरिदमा अनियमितता भएको भन्दै अदालतले नेपाल प्रहरीका ३ जना पूर्व महानिरीक्षक, २ जना अतिरिक्त महानिरीक्षक तथा प्रहरीकै अन्य २ जना अधिकारीलाई दोषी ठहर गरेको थियो ।

सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्व आइजी ओमविक्रम राणा, हेमबहादुर गुरुङ तथा पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम सिंह थापा र दिपसिंह थाङ्देन यसअघि नै अदालतको फैसलाअनुसार जेल चलान भइसकेका थिए ।

१ वर्ष जेल र ४० हजार रुपैयाँ जरिवानाको सजाय पाएका ठकुरी भने हालसम्म फरार थिए ।

ठकुरीको परिवार स्रोतका अनुसार उनी १२ बजेतिर सर्वोच्च अदालतमा उपस्थित हुनेछन् । आफ्ना कानून व्यवसायीको परामर्शमा रहेका ठकुरी आफूमाथिको फैसलाविरुद्ध पुनरावलोकन गर्ने तयारीमा पनि छन् । ठकुरीले आजै सर्वोच्च अदालतमा पुरावलोकन निवेदन दर्ता गर्ने उनी निकट स्रोतले जानकारी दियो ।

‘कुनै संलग्नता नै नभएको केसमा आफूलाई दोषी ठहर गरिएका कारण उहाँ मुद्दाको पुनरावलोक दर्ता गराउने पक्षमा हुनुहुन्छ,’ ठकुरी निकट स्रोतले खबरहबसँग भन्यो, ‘सर्वोच्चले फैसला सुनाए पनि पूर्ण पाठ आउन १ वर्षभन्दा धेरै समय लाग्यो । त्यसैले उहाँ अहिलेसम्म अदालतको सम्पर्कमा आउनुभएको थिएन ।’

ठकुरीले पुनरावलोकन गरे पनि अदालतले भने उनलाई फैसला कार्यान्वयनका लागि जेल चलाउन गर्ने संभावना छ । ठकुरीका कानून व्यवसायीका अनुसार उनी ठुनामै रहेर मुद्दा लड्न पाउने छन् ।

विशेष अदालतले ठकुरीविरुद्ध २ वर्ष कैद र विगोसमेत गरी ४ करोड ८५ लाख ४४ हजार ३ सय ८८ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । पछि सर्वोच्च अदालतले भने विशेषको फैसला उल्ट्याउँदै १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  १० : ५० बजे

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म

प्रधानमन्त्री प्रचण्ड र ओली छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ– सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा

तीनकुनेको अनियनमा एक रुपैयाँमा रोटी 

काठमाडौं– काठमाडौंको तीनकुने स्थित हिपत फुड पोइन्ट कम्पनीद्वारा सञ्चालित अनियनमा