प्रहरीले समेत भेटाउन नसकेका बेपत्ता श्रीमान ३ वर्षपछि ‘टिकटक’बाट भेटिए « Khabarhub

प्रहरीले समेत भेटाउन नसकेका बेपत्ता श्रीमान ३ वर्षपछि ‘टिकटक’बाट भेटिए


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  तीन वर्षदेखि बेपत्ता एक भारतीय नागरिक ‘टिकटक’का कारण भेटिएका छन् । सन् २०१६ मा बेपत्ता भएका सुरेश हालै टिकटकका कारण भेटिएका हुन् ।

सुरेश बेपत्ता भएपछि उनको खोजीका लागि श्रीमती जयसुधाले प्रहरीमा जोहेरी समेत दिएकी थिइन् । प्रहरीले उनको लामो समयसम्म खोज-तलास गरेको भए पनि भेटाउन सकेको थिएन ।  श्रीमानको खोजीका लागि जयसुधाले मिडियाहरुमा विज्ञापन समेत गरेकी थिइन् । त्यसबाट पनि केही सिप चलेन ।

सवै प्रयास गर्दा पनि श्रीमानको अत्तोपत्तो नलागेपछि आशा मारिसकेकी उनले अन्ततः टिकटकमार्फत श्रीमान फेला पारेकी हुन् । समाचारमा जनाइए अनुसार उनकै आफन्तले एकदिन जयसुधालाई टिकटकको भिडियो देखाइन् । भिडियोमा उनकै पति सुरेश थिए ।

जयसुधाले त्यो टिकटक प्रहरीलाई देखाइन् र आफ्ना श्रीमानलाई खोजिदिन आग्रह गरिन् । त्यसपछि प्रहरीले सुरेशलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार उनले केही समस्याका कारण परिवारलाई छोडेको र अहिले होसुरमा मिस्त्रीको काम गरिरहेको जानकारी दिएका छन् ।

प्रहरीको अनुसन्धानमा सुरेश टिकटक भिडियोमा काम गर्ने एक तेश्रोलिङ्गीसँग प्रेममा थिए । तेश्रोलिङ्गीको लागि काम गर्ने एक संस्थाको मद्धतमा प्रहरीले सुरेशलाई पक्रन सफल भएको हो । दुई बच्चाका पिता सुरेशलाई अहिले श्रीमतीसँग घर पठाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ११ : ११ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका